Comments Add Comment

फेसबुक संस्थापकले मागे यूरोपेली सांसदसँग माफी


९ जेठ, काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरबर्गले यूरोपेली सांसदहरुसँग माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागेका हुन् ।

क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लाग्दै आएको छ । यद्यपि एनालिटिकाले यो आरोपको खण्डन गर्दै आएको छ र गलत आरोपका कारण व्यवसायमा असर परेको भन्दै आफ्नो कार्यालय बन्द गरेको घोषणा गरिसकेको छ ।

युरोपेली सांसदका प्रश्नको जवाफ दिन जुकरबर्ग उपस्थित भएका थिए । उनले फेसबुकका टुल्सलाई हानी पुर्‍याउनका लागि प्रयोग गरिएको बताउँदै खेद प्रकट गरेका थिए ।

उनको भनाइबाट युरोपेली संसदको सबै सदस्यहरु सन्तुष्ट नभएको बीबीसीले जनाएको छ । केही सांसदहरुको जिज्ञासाको जवाफ जुकरबर्गले दिएका छैनन् ।

ब्रिटेनको संसदको डिजिटल कल्चर मिडिया र खेल समितिका प्रमुख डेमियन कोलिन्सले भने, ‘प्रश्न सोध्ने फर्म्याट नै यस्तो थियो कि जुकरबर्गले आफूखुसी जवाफ दिने मौका पाए । र, उनले हरेक जिज्ञासाको जवाफ दिएनन् ।’

यसअघि गत अप्रिलमा जुकरबर्गसँग अमेरिकी संसदमा सवाल जवाफ गरिएको थियो । तर, यूरोपेली सांसदहरुसँगको सवाल जवाफको तरिका भने अमेरिकी संसदको भन्दा फरक थियो ।

सबै सांसदहरुले एउटा प्रश्न सोधिसकेपछि जुकरबर्गले ति सबै प्रश्नहरुको एकमुष्ट जवाफ दिएका थिए । जुकरबर्गलाई ७५ मिनेटसम्म सांसदहरु सामु राखिएको थियो तर उनले सबै जिज्ञासाहरुको जवाफ नदिएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment