Comments Add Comment

यस्तो गाउँ, जहाँ उल्टो घडी चल्दछ


घडी उल्टो दिशामा चल्ने गाउँ भन्ने सुन्दैमा अनौठो लाग्नसक्ला । हाम्रो छिमेकी मुलुक भारतको एक गाउँमा उल्टो घडी चल्दछ ।

छत्तिसगढस्थित एक आदिवासी गाउँमा घडी विपरीत दिशामा चलाइने गरिएको छ ।

दुनियाँमा घडी बायाँबाट दायाँतर्फ चल्दछ । तर छत्तिसगढको कोरबास्थित आदिवासी शक्तिपीठसँग जोडिएको एक स्थानमा बस्ने गोँड आदिवासी समुदायले प्रयोग गर्ने घडी चाहिँ दायाँबाट बायाँतर्फ चल्ने गरेको छ ।

उक्त गाउँमा हिजोआजबाट मात्र घडी उल्टो चल्न थालेको होइन । जुन समयदेखि घडीको प्रचलन सुरु भयो, त्यहीँ बेलादेखि उल्टो दिशामा चल्ने घडी प्रयोग गरिँदै आएको छ ।

उक्त आदिवासी समुदायका अनुसार उनीहरुको घडी स्वभाविक हो र प्रकृतिको नियमानुसार चल्दछ । उनीहरुले आफ्नो समयको प्रकारलाई गोडवाना टाइम भन्छन् ।

उल्टो घडी हुनुको कारण के होला ? यो गाउँका गाउँलेहरुका अनुसार उनीहरुको घडी पृथ्वीको घुमाइ अनुसार चल्दछ । पृथ्वी पनि दायाँबाट बायाँ चल्ने र सूर्य तथा चन्द्रमाले पनि सोही दिशामा अन्तरीक्षको परिक्रमा गर्नुका साथै रुखमा चढ्ने लहरा पनि दायाँबाट बायाँ दिशामै अघि बढ्ने भएको हुँदा आफुहरुको घडी पनि सोही अनुसारको रहेको दाबी उनीहरुको छ । त्यसैले दुनियाँका अरु सबै घडीहरु उल्टो रहेका र आफूहरुको घडीमात्र सुल्टो रहेको दाबी गाउँलेहरुले गर्ने गरेका छन् ।

यो आदिवासी समुदाय प्रकृति पुजक हो । प्रकृतिको चक्र जुन दिशामा चलिरहेको छ, त्यसविपरीत काम गर्नुहुँदैन भन्ने उनीहरुको मान्यता छ । यो समुदायका १० हजार भन्दा धेरै परिवार रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment