Comments Add Comment

बेलायतमा गरियो वाम पार्टी एकताको स्वागत

लण्डन । एमाले र माओवादी बीच भएको पार्टी एकीकरणलाई बेलायतको प्रवाशी नेपाली मञ्चले स्वागत गरेको छ ।

बेलायतमा एमाले र माओवादी सम्बद्ध संगठनहरु एकीकरणको आन्तरिक गृहकार्यमा जुटदै गर्दा  एमालेको सम्बद्ध प्रवासी नेपाली मञ्च रेडिंग इलाका कमिटीले आइतबार पार्टी एकताको स्वागत गरेको हो  ।

रेडिंग इलाका कमिटीका अध्यक्ष प्रतिमा केसी तथा पूर्ब अध्यक्षहरु अर्जुन बस्नेत र डा. कृष्ण रेग्मीले संयुक्त रुपमा केक काटेर सबैसँग खुसी साटेका थिए ।

कार्यक्रममा बोल्दै मञ्चका युरोप क्षेत्रीय सदस्य तथा पूर्ब अध्यक्ष  रामशरण सिंखडाले एमाले र माओवादी पार्टी एकीकरण एक ऐतिहासिक कार्य भएको र देश विकासको लागि एउटा महत्वपूर्ण खुड्किलो हुने बताए ।

प्रवासी नेपाली मञ्चका उपाध्यक्ष तथा रेडिंग इलाका इन्चार्ज नारद भण्डारीले माओवादीसँग बिगतमा कतिपय कुरामा मनमुटाब र असमझदारी भए पनि पार्टी एकीकरण स्वागत योग्य रहेको बताए ।

स्थानीय थेम्स भ्याली पार्कमा रेडिंग तथा स्वीन्डन क्षेत्रमा बसोबास गर्ने एमाले समर्थक तथा शुभेच्छुकहरुको ठूलो उपस्थितिमा बिबिक्यु तथा मनोरञ्जन गरी उक्त स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

रेडिंग इलाका कमिटि अध्यक्ष प्रतिमा केसीको अध्यक्षता, सचिब कृष्ण आचार्यको सञ्चालन र उपाध्यक्ष नारायण कंडेलको स्वागत मन्तब्यबाट शुरु भएको उक्त कार्यक्रममा डा. चन्द्रबहादुर गुरुङ, रेडिंग इलाका कमिटीका पूर्ब अध्यक्ष अर्जुन बस्नेत तथा देबेन्द्र श्रेष्ठले समेत आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च युकेका उपाध्यक्ष कुमार केसीले  एकताको छलफल गर्न  रेडिंग इलाका कमिटीका अध्यक्ष प्रतिमा केसीको संयोजकत्वमा डिल्ली घिमिरे, यादव श्रेष्ठ, भीमसेन खड्का र करन गुरुङ रहेको पाँच सदस्यीय कमिटी बनाएको छ ।

बेलायतमा एमाले सम्बद्ध संगठन प्रवासी मञ्चको नेतृत्व राजेन्द्र पुडासैनी र माओवादी सम्बद्ध संगठन नेपाली जनप्रगतिशील मञ्चको नेतृत्व पूर्ण लोक्समले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment