Comments Add Comment

तस्करलाई संरक्षण गर्ने प्रहरीको नाम दिनुस्, कारबाही गर्छुः गृहमन्त्री

९ जेठ, धनगढी । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले तस्करहरुलाई संरक्षण गर्न प्रहरीको नाम दिन आग्रह गरेका छन् । उनीहरुलाई ‘अन द स्पट’ कारबाही गर्ने उनले बताए ।

भरियाहरु पक्राउ पर्ने तर, मालिकहरु नभेटिने ‘हिजोको कथा’ भएको भन्दै उनले अब त्यो सम्भव नभएको बताए । गृहमन्त्री बादलले भने, अब मालिकहरुलाई नै कानुनको कटघराउमा भ्याइन्ँछ । यसको थालनी भइसकेको छ ।’

अघि भने, तस्करहरु को हुन्, उनीहरुलाई प्रहरीले संरक्षण गरेको छ भने नाम दिनुस् । अन द स्पट कारबाही गर्छौं ।’

अपराधलाई निस्तेज नगरेसम्म विकास नहुने भएकाले शुद्धीद्धकरण अभियान चलाएका उनले बताए । ‘देशबाट भ्रष्टाचारलाई हरेक क्षेत्रमा भ्रष्टाचार छ, सिन्डिकेट छ’ उनले भने, ‘जबसम्म एकाधिकार तोड्न सकिन्नँ, तबसम्म देशको विकास सम्भव छैन । त्यसैले सरकारले सिन्डिकेट तोड्ने अभियान थालेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment