Comments Add Comment

सुगन्धित तेलका जादूयी फाइदा

रोजवुडः प्राकृतिक एन्टी अक्सिडेन्ट

दुई थोपा रोजबुड नेचुरल ओयलको प्रयोग गरेर जादूयी प्रभाव अनुभव गर्न सकिन्छ । रोजवुड सदैव हरियो रहने लहरा हो, जुन ब्राजिलमा पाइन्छ । यसको तेलको सुगन्ध निकै कडा हुन्छ । यो नेचुरल एन्टी अक्सिडेन्ट मानिन्छ । यसको परफ्युम वा असेन्सियल ओयल प्रयोग गर्न सकिन्छ । विहान यसको परफ्युम लगाउनाले पूरा दिन ताजापनको अनुभूति हुन्छ ।

बडी टक्सिनः तौलियामा रोजबूड ओयल र तातो पानी स्प्रे गर्ने । तौलियालाई शरीरमा बेर्ने र शरीरलाई कम्बलले छोप्ने । केही समयमै आफ्नो शरीरका हरेक अंगलाई श्वास लिइरहेको महसुस गर्न सकिन्छ र छाला कोमल हुन्छ ।

सेम्पु र कन्डिसनर- १५ थोपा असेन्सियल ओयललाई सुगन्ध रहित हर्वल सेम्पुमा मिसाउने र राम्ररी घोल्ने । कपालमा यो स्याम्पु प्रयोग गरेपछि यसको मन्द वासना अनुभव गर्न सकिन्छ ।

बडी मसाजः १५ थोपा रोजबुड ओयललाई बदाम, जोजोवा र ओलिभ ओयलसित राम्ररी मिसाउनुपर्छ । यसले अनुहार तथा शरीरमा राम्ररी मालिस गर्नुपर्छ । यसबाट शरीरलाई ताजापन तथा स्फूर्ति प्राप्त हुन्छ ।

सुझावः रोजबुड असेन्सियल ओयललाई सदैव डायल्युट गरी प्रयोग गर्नुपर्छ ।

टि-ट्रि तेलः फ्रेस फिल

टि-ट्रि नामक बोट अस्ट्रेलियाको समुद्री इलाकामा पाइन्छ । तैलीय एवं एक्नेको समस्या भएको छालाका लागि यो राम्रो मानिन्छ । मेकअप पश्चात र्‍यासेज निस्कने तथा डन्डिफोरको समस्या छ भने पनि टि-टि्र ओयल प्रयोग गर्न सकिन्छ । यसको सुगन्ध निकै कडा हुन्छ । प्रचण्ड गर्मीमा यसले फ्रेस फिल गराउँछ । टि-ट्रि युक्त बडी वास वा बडी क्रिममध्ये जुनसुकै प्रयोग गरे पनि हुन्छ ।

फुटेको ओठका लागिः दुई थोपा टि-टि्र ओयललाई एउटा ठूलो चम्चा जोजोवा ओयल र आफूले लगाउने गरेको कोल्ड क्रिममा मिलाएर फुटेको ओठमा दिनमा दुई पटक प्रयोग गर्नुपर्छ । यसले फुटेको क्युटिकलमा पनि लाभकारी काम गर्छ ।

तैलीय छालामाः तीन थोपा टि-टि्र ओयललाई तीन ठूलो चम्चा दही वा जौको पाउडरमा मिसाएर अनुहारमा लगाएर दस मिनेट रहन दिने । यसपछि मनतातो पानीले सफा गर्नुपर्छ ।

चम्किलो कपालका लागिः बिग्रेको र दुईमुखे कपालको उपचारका लागि टि-ट्रि ओयल बेस स्याम्पुको प्रयोग राम्रो हुन्छ । प्योर टि-ट्रि ओयलको केही थोपा आफ्नो स्याम्पुमा मिसाउनुपर्छ र कपाल धुनुपर्छ । यसले कपाललाई लट्टा पर्न दिँदैन र टाउकाको छाला पनि हाइट्रेट रहन्छ ।

सुझावः टि टि्र ओयल प्रयोग गर्दा मुखभित्र नजाओस् भन्ने विचार पुर्‍याउनुपर्छ । किनभने यसको माध्यमबाट टक्सिन शरीरभित्र जाने सम्भावना रहन्छ । यसैले टि टि्र ओयलयुक्त होममेड लिप कामलाई ध्यानपूर्वक प्रयोग गर्नुपर्छ

वीरगामोट-अरोमेटिक हिलर

वीरगामोट तेललाई अटोमेटिक हिलर मानिन्छ । यो  इटालीमा पाइन्छ । यसको मिठासपूर्ण र ताजापनयुक्त सुगन्धले मस्तिष्कलाई शीतलता प्रदान गर्दछ । यसलाई परफ्युम बाहेक घरेलु उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।

मांसपेशीका लागिः वीरगामोट असेन्सियल ओयललाई बडी लोशन वा मसाज ओयलमा हालेर राम्रोसँग हल्लाई प्रयोग गर्न सकिन्छ ।

एक्नेका लागिः एलोबेरा जेलमा थोरै विरगामोट ओयल हाल्ने । दिनमा दुई पटक यसको प्रयोग उचित हुन्छ । छालामा थोरै मात्र पनि जलन भयो भने यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।

नुहाउनुअघिः अरोमा इफेक्टस्का लागि नुहाउने पानीमा ५ थोपा वीरगामोट असेन्सियल ओयल प्रयोग गर्नुपर्छ । यो टेन्सन र डिप्रेसन हटाउन उपयोगी छ ।

सुझावः यो ओयलको प्रयोग गर्नाले छाला संवेदनशील बन्नपुग्छ । अतः घाममा जानुपूर्व सनस्कीन लगाउन भुल्नु हुँदैन ।

लेवेन्डर ओयल- मुड बस्टर

लेवेन्डरको सुगन्धित तेलबाट थरीथरीका प्राकृतिक उपचार गरिन्छ । यसको सुगन्धले तनमनमा शीतलता प्राप्त हुन्छ । यसबाट तयार परफ्युमले गर्मीमा एक्टिभ एवं रोमान्टिक बनाइराख्छ ।

सेन्टेड हेयरः कपालमा सुगन्ध छर्नका लागि स्याम्पुमा तीन-चार थोपा लेवेन्डर असेन्सियल ओयल मिसाउने । कपालमा लेवेन्डर ओयलको केही थोपा हालेर आफ्नो हेयर ब्रसले कपाल कोर्नुपर्छ ।

संवेदनशील छालाः छालामा कुनै प्रकारको रियाक्सन हुन्छ वा छाला संवेदनशील छ भने लेवेन्डरयुक्त क्लीन्जरको प्रयोग गर्नुपर्छ । हर्वल क्लीन्जरमा केही थोपा लेवेन्डर ओयल मिसाएर प्रयोग गर्नुपर्छ ।

बाथिङ टबः नुहाउने पानी वा वाथ टवमा केही थोपा लेवेन्डर ओयल मिसाएर नुहाउँदा बास्नादार भइरहन सकिन्छ ।

सुझावः अन्य असेन्सियल ओयलजस्तै यसलाई पनि बदाम, ओलिभ, सनफ्लावर आदिका बेसिक ओयल वा बडी लोसनमा मिसाएर प्रयोग गर्नुपर्छ सिधै प्रयोग गर्नु राम्रो हुँदैन ।

प्रयोगको तरिका

-कुनै पनि तेल प्रयोग गर्नुपूर्व प्याक टेस्ट गर्नुपर्छ । नाडीमा यसलाई प्रयोग गरी २४ घन्टासम्म छोड्नुपर्छ । छालामा रातो दाग देखिए वा चिलाए प्रयोग गर्नु हुँदैन ।

-असेन्सियल तेल धेरै कन्सन्ट्रेटेड हुने गर्छ । यसलाई सिधै छालामा प्रयोग गर्नु हुँदैन । यसलाई बेसिक ओयल र लोसनमा मिसाएर प्रयोग गर्नुपर्छ । बेसिक ओयलका रूपमा सनफ्लावर, वालनट, ग्रेपसिड, एभोकाडो, बदाम तथा नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।

-गर्भवती महिलाले यसको प्रयोग गर्नु हुँदैन । गर्भावस्थामा यसको सुगन्धले तिनको मुड स्वीङ हुनुका साथै सुँघ्ने शक्तिमा समेत परिवर्तन आउने गर्छ ।

-असेन्सियल ओयलको ताजापन लामो समयसम्म कायम रहोस् भन्नका लागि यसलाई कुनै काँचको भाँडोमा घाम नपर्ने ठाउँमा राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment