Comments Add Comment

‘जय शम्भु’को फस्टलुक रिलिज


भदौ १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जय शम्भु’को फस्टलुक सार्वजनिक भएको छ । सेड्यूल भन्दा धेरै समय लगाएर छायांकन गरिएको यो चलचित्रको बजेट पनि धेरै लागेको निर्माणपक्षले बताएको छ ।

यो चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भूमिका छ । पोष्टरमा प्रशान्त ताम्राकार र अनुप विक्रमको एक्शन अवतारलाई देखाइएको छ । जसमा, नायिका बर्षा साक्षी बनेकी छिन् । दिनेश शाहीको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा छन् । चक्र पाख्रिन चलचित्रका कार्यकारी निर्माताको रुपमा छन् ।

रुपेश तामाङले यो चलचित्र निर्देशन गरेका हुन् । चलचित्रमा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य छ । चलचित्रमा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना अािदको मूख्य भुमिकामा देखिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment