Comments Add Comment

यस्ती भइन् साहरुखकी छोरी


बलिउडमा अत्यधिक चर्चा हुने स्टार किड्सहरुमध्ये एक हुन् शाहरुख खानकी छोरी सुहाना । कल्कलाउँदो बैंशमा हिँडिरहेकी उनलाई मिडियाले हरदम पछ्याइरहन्छन् ।

सुहाना हिजोबाट १८ वर्ष लागिन् । शाहरुख र उनकी पत्नी गौरीले सामाजिक सञ्जालमा छोरीलाई जन्मदिनको शुभकामना दिएका छन् । शाहरुखले हावामा उपि|mरहेको छोरीको तस्वीर पोष्ट गर्दै लेखेका छन्, ‘सबै छोरीहरु जस्तै, मलाई सँधै थाहा थियो कि तिमी उड्नका लागि नै बनेकी हौ र तिमी अब कानूनीरुपमा यो सबै गर्न सक्छौ जुन तिमीले १७ वर्षदेखि गर्दै आएकी छौ । लभ यू ।’

‘कानूनीरुपमा यो सबै गर्न सक्छौ’ भनेर शाहरुख खानले के कुरालाई ईंगित गर्न खोजेका हुन् बुझ्न सकिएको छैन । सुहाना शाहरुख र गौरीकी एक मात्र छोरी हुन् । उनीहरुका दुई छोरा छन् ।

झट्ट हेर्दा सुहाना बाबु जस्तै देखिन्छिन् । आँखा, नाक, मुख सबै दुरुस्तै छ । लामो कपाल हटाइदिने हो भने उनको रुपमा युवा अवस्थाको शाहरुख भेटिन्छ । उनी पनि बाबुको पदचाप पछ्याउँदै फिल्ममै करिअर बनाउन चाहन्छिन् । तर केटाको जस्तो अनुहार भएकाले उनलाई हिरोइन बन्न अप्ठेरो पर्न सक्ने कतिपयको बुझाई छ ।

अनुहार जस्तो भए पनि सुहाना निकै ग्ल्यामरस छिन् । सार्वजनिक कार्यक्रमहरुमा हट अवतारमा देखिन थालेकी छिन् । उनको विकिनी तस्वीर पनि सार्वजनिक भइसकेको छ । उनी चाँडै एउटा म्यागजिनको कभर गर्ल बन्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment