Comments Add Comment

सरकारी गाडीमा कसले टाँस्यो यस्तो पोस्टर ?

९ जेठ, काठमाडौं । ट्राफिक प्रहरीले बेलाबेला कारबाही नगरेको पनि होइन । जथाभावी पार्किङ गर्ने क्रम रोकिएको छैन ।

झन सरकारी गाडी नै सार्वसारधाण हिड्ने पेटी र सडकको छेउछेउमा रोकिएपछि के भन्ने ? तर, स्थानीयले विरोधको अनौठो शैली अपनाएका छन् ।

बानेश्वरको अल्फा बिटा क्षेत्रमा खानेपानीको पाइप राख्नका लागि पेटीहरु खन्ने काम भइरहेको छ । त्यसैले पैदलयात्रुहरु सडकको छेउछेउ च्यापेर हिड्नुको विकल्प भएन ।

तर, त्यही ठाउँमा सरकारी गाडी पार्किङ गरेपछि पैदलयात्री र स्थानीयले शालिन तर, सशक्त विरोध गरेका छन् । उनीहरुले जथाभावी रोकिएको गाडीमा ‘दिमाग नभएको सरकारी कर्मचारीको गाडी’ लेखिएको पोष्टर टाँसेका हुन् ।

थाहा छैन, यो विरोधले जथाभावी पार्किङ गर्नेहरु कति सुध्रिएलान् ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment