Comments Add Comment

रोहिंग्या चरमपन्थीले गरे अल्पसंख्यक हिन्दुको नरसंहार

९ जेठ, काठमाडौं । म्यान्मारमा रोहिंग्या चरमपन्थीहरुले दर्जनौं हिन्दु नागरिकहरुको हत्या गरेको पाइएको छ ।

मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलको रिपोर्ट अनुसार गत वर्ष अगस्टमा अराकान रोहिंग्या साल्भेसन आर्मी (आरसा) नामको संगठनले सम्भवत दुई नरसंहारमा ९९ हिन्दु नागरिकको हत्या गरेका थिए । तर, आरसाले भने यस खालको कुनै पनि हमलामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आउको छ ।

यो हत्या म्यानमारको सेनाविरुद्ध रोहिंग्याले विद्रोहको सुरुवात गरेको बेलामा भएको थियो । म्यानमारको सेनालाई पनि रोहिंग्या मुसलमानप्रति अत्याचार गरेको आरोप छ ।

म्यानमारमा अघिल्लो वर्ष अगस्टमा विद्रोह भएपछि रोहिंग्या लगायत अन्य जातिका ७ लाख मानिसहरु विस्थापित भएका छन् । यो संघर्षको कारण म्यानमारको बहुसंख्यक बौद्ध र हिन्दु धर्मावलम्बी पनि विस्थापित भएका छन् ।

एमनेस्टीले बंगलादेश र रखाइनमा कैयौं अन्तवार्ताहरु लिएको छ, जसले आरसाले नरसंहार गरेको पुष्टि गर्छ । यो नरसंहार अगस्ट २०१७ को अन्तिमतिर प्रहरी चौकीहरुमा पनि आक्रमण भएको ताका उत्तरी मौगदा कस्बे नजिकैका गाँउमा भएको थियो ।

रिपोर्ट अनुसार आरसा अन्य इलाकामा पनि नागरिक माथि भएका यस्ता खालका हिंसाको लागि जिम्मेवार छ । रिपोर्टमा कसरी आरसाको सदस्यले २६ अगस्टमा हिन्दु गाउँ ‘अह नौक खा मौंग सेक’मा हमला गरेका थिए भन्ने कुरा उल्लेख गरिएको छ ।

रिपोर्टमा भनिएको छ, ‘यस क्रुर हमलामा आरसाको सदस्यहरुले धेरै हिन्दू महिला, पुरुष र बच्चाहरुलाई नियन्त्रणमा लिएर डर देखाउनँदै गाँउ बाहिर लगेर मारेका थिए ।’

यो घटनामा बँच्न सफल एक हिन्दूले एमनेस्टीलाई भनेका छन्, उनले उनका आफन्तहरलाई मर्दै गरेको देखे र उनीहरुको चित्कार पनि सुने ।’

९९ जना हिन्दुको नरसंहार

‘अह नौक खा मौंग सेक’ गाउँकी एक महिलाले भनिन्, ‘उनीहरुले पुरुषलाई मारे, हामीलाई भने उनीहरु भएतिर नहेर्न भने । उनीहरुको साथमा भाला र फलामको रडहरु थियो । हामी झाडीमा लुकेका थियौं र त्यहाँबाट अलिअलि मात्रै देख्न सक्थ्यौं । मेरो पिता, भाइ, काका सबैको हत्या गरे ।’

यस स्थानमा मात्रै आरसाको लडाकुहरुमाथि २० पुरुष, १० महिला र २३ बच्चालाई मारेको आरोप छ । जसमा १४ जनाको उमेर ८ वर्ष भन्दा कम थियो ।

एमनेस्टीका अनुसार अघिल्लो सेप्टेम्बरमा सामुहिक चिहानबाट ४५ जनाको शव निकालिएको थियो । मारिएका अन्य मानिसको शव अहिले सम्म भेटिएको छैन, जसमा छिमेकी गाउँ ‘ये बौक क्यार’ का ४६ जना थिए ।

एमनेस्टीको छानबिन अनुसार ‘अह नौक खा मौंग सेक’ मा हमला गरिएको दिनमै ‘ये बौक क्यार’ गाउँमा पनि नरसंहार भएको थियो । दुवै स्थानमा गरि मृत्यु हुनेको सङ्ख्या ९९ पुग्छ ।
बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment