Comments Add Comment

जनता बैंकको ५ नयाँ शाखा खुले


९ जेठ, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको एकै साथ थप ५ शाखाबाट कारोवार सुरु गरिएको छ । कारोवार सुभारम्भ भएका नयाँ शाखाहरुले सेवा थालेका छन् ।

सिराहाको गोलबजार, रसुवाको नौकुण्ड, रामेछापको दोरम्बा, जुम्लाको तातोपानी र रसुवाको कालिकास्थानमा शाखा सञ्चालनमा आएको हो ।

यस मध्ये कालिकास्थान शाखा एक्स्टेनशन काउन्टरलाई स्तरोन्नती गरी शाखामा रुपान्तरण गरिएको हो भने बाँकी ४ शाखाहरु नयाँ खोलिएका हुन् ।

यि शाखाहरु मार्फत स्थानीय उद्योगी, ब्यापारी तथा सर्वसाधारणले सम्पूर्ण आधुनिक बैकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment