Comments Add Comment

नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्नु पर्नेमा उपराष्ट्रपतिको जोड

९ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

उपराष्ट्रपति पुनले नेपाली भाषा, साहित्य र संस्कृतिमाथि अतिक्रमण भइरहेको भन्दै संरक्षण र सम्बर्द्धन नगरिए राष्ट्र नै नरहनेतर्फ पनि सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराए ।

बुधबार युगकवि सिद्धिचरण श्रेष्ठको १०७ औं जन्मजयन्तिको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी विद्यालयहरुले नेपाली भाषामाथि अतिक्रमण हुनेगरी पठनपाठन गराएको भन्दै त्यसलाई रोक्न पनि सम्बन्धित निकायसँग आग्रह गरे ।

अंग्रेजी भाषाको बढावा दिने नाममा नेपाली भाषा, साहित्य र संस्कृतिमाथि हुने अतिक्रमण सहृय नहुने उपराष्ट्रपति पुनको भनाइ छ ।

कार्यक्रममा उपराष्ट्रपति पुनले यस वर्षको युगकवि सिद्धिचरण पुरस्कारबाट वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसलाई सम्मान गरेको थियो ।

त्यसैगरी यस वर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार गणेश राईलाई प्रदान गरिएको छ ।

कार्यक्रममा युगकवि श्रेष्ठद्धारा रचित ‘आत्मा बिलौना’ खण्डकाव्य समेत बिमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment