Comments Add Comment

ट्याक्सीको छतमा अनिवार्य पहेंलो रंग पोत्नुपर्ने


९ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले ट्याक्सीको माथिल्लो भाग (हुट) अनिवार्य रुपमा पहेँलो बनाउनुपर्ने निर्णय गरेको छ । भाडाका ट्याक्सीको सहज पहिचानका लागि यो व्यवस्था गरिएको हो ।

अब छतमा पहेँलो रंग नपोतिएका ट्याक्सीको जाँचपास नगरिने विभाग स्रोतले बताएको छ । सबै ट्याक्सीले ६-६ महिनामा विभागबाट जाँचपास गराउनुपर्छ ।

ट्याक्सीहरुलाई मर्यादित बनाउन र सर्वसाधाराणलाई ट्याक्सी चिन्न सजिलो होस् भन्ने उद्देश्यका साथ यस्तो निर्णय भएको हो ।

‘अब ट्याक्सीको माथिल्लो छानातर्फको भागमा पहेँलो रंग पोत्नैपर्छ,’ विभागका एक अधिकारीले भने,’महानिर्देशक रुपनारायण भट्टराईले यो निर्णय गरेर जानुभएको हो । नयाँ महानिर्देशकले लागू गर्न चासो दिनुहुन्छ कि दिनुहुन्न भन्ने थाहा छैन ।’

ट्याक्सी व्यवसायी पनि पहेँलो रंग पोत्ने निर्णयमा सहमत भइसकेका छन् । उनीहरुले आगामी असारबाट चालकलार्इ ड्रेस पनि अनिवार्य गर्न सकिने बताएका छन् ।

विभागले ट्याक्सीलाई अनलाइन बुकिङ सिस्टममा लैजान पनि छलफल अघि बढाएको छ ।

अहिले यातायात विभागको पहलमा नापतौल तथा गुणस्तर विभागले मिटर बिलिङलाई प्रभावकारी बनाउन कडाइ गरेको छ । मिटर बिलिङ मेसिन नजोड्ने करिब ५ सय ट्याक्सीलाई कारवाही गर्न विभागले प्रक्रिया थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment