Comments Add Comment

नेपालमै पहिलो पटक गाडीहरूको अक्सन मेला हुँदै

९ जेठ, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको सह-कम्पनी सिप्रदी अर्स्योडको आयोजनामा नेपालमा गाडीहरूको बृहत अक्सन मेला हुने भएको छ ।

मेला  शुक्रवार र शनिवार आयोजना हुने कम्पनीले जनाएको छ । सिप्रदी अर्स्योड प्रालि थापाथलीमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मेला चल्नेछ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको दावी गरिएको यस मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी ब्राण्डेड गाडीहरू प्रदर्शनमा राखिनेछ ।

यस मेलामा ग्राहकले आफूलाई मन परेका गाडी खरिद गर्न सकिने बताएको छ । मेलामा वारेन्टीसहित गाडीहरूको नामसारी पनि गर्न सक्ने सुविधा रहेको आयोजक कम्पनीले बताएको छ ।

अर्स्योडले ‘सेकेन्ड हृयान्ड’ गाडीहरूको बिक्री वितरण तथा सट्टापट्टा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment