Comments Add Comment

इजलासमा गोरेको पहिलो दिनः कहाँ पुग्यो बयान ?

प्रहरी हिरासतमा सुरक्षा मागे गोरेले

९ जेठ, बिराटनगर । साढे ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ को प्रारम्भिक बयान लिइएको छ ।

जिल्ला अदालत, मोरङमा बुधबार करिब साढे ५ घण्टासम्म उनको बयान लिइएकाे हो । उनको पहिलो दिनको बयान प्रकरणको पृष्ठभूमि खोतल्न केन्द्रीय भयाे ।

‘अदालतसामू गोरे खुलोस् भनेर उसँग लामो अनौपचारिक कुराकानी भएको हो’, जिल्ला अदालत, मोरङ स्रोतले भन्यो, ‘उर्लाबारीका सनम शाक्यको हत्याको विषयमा पनि क्रमबद्ध रुपमा सोधपुछ भएको छ । उसले सिन्धुली पुग्दासम्मको विवरण बताएका छन् ।’

अदालतका अधिकारीले गोरेले दिएको बयानको ५ पन्ने विवरण उतारेका छन् । उनले अदालतमा प्रहरी हिरासतमै आफूमाथि खतरा भएको बताएका थिए । र, अदालतले जिल्ला प्रहरी कार्यालय, मोरङलाई गोरेको सुरक्षा प्रबन्ध मिलाउन आदेश दिएको छ ।

गोरेलाई प्रकरणमा यसअघि पक्राउ परेका २८ जनाको बयान पनि पढेर  सुनाइएको छ ।

‘उनले प्रकरणका कतिपय कुरा इन्कार गरेका छन् भने कतिपय स्वीकार पनि गरेका छन्’, स्रोत भन्यो, ‘तर, लिखित नआएसम्म धेरै कुरा भन्न सकिँदैन ।’

उनले बयान दिने इजलासमा सीमित मान्छेहरुलाई मात्रै प्रवेश गर्न दिइएको थियो । गोरेका तर्फबाट एक जना वकिल पनि थिए ।

गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ । उनको बयान बिहीबार पनि जारी रहनेछ ।

यसअघि मंगलबार सुन काण्डमा मुछिएका उच्च प्रहरी अधिकारीसहित २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

यो पनि पढ्नुस् 

गोरेको बयान- एसएसपी खत्रीलाई पक्रनुस्, सबै खुल्छ

गोरेलाई थियो ‘इन्काउन्टर’ मा पर्ने डर ! अन्ततः यसरी समातिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment