Comments Add Comment

बुटवलमा मनमोहन स्मृति वडा स्तरीय रनिङ शिल्डको तयारी

९ जेठ, बुटवल । कम्युनिष्ट नेता मनमोहन अधिकारीको स्मृतिमा बुटवलमा १५ औं मनमोहन स्मृति रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको सबै तयारी पूरा भएको युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटीका अध्यक्ष धनसिंह खाम्चाले बताए ।
बुटवल उपमहानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा यशोदा फुड्स प्रालि (लाली चाउचाउ) र खेलप्रेमी अर्जुन बस्यालले प्रायोजक गरेका छन् ।

बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा दुई हप्ता चल्ने प्रतियोगितामा करिब ४ लाख २५ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

युवा संघ नेपाल रुपन्देहीका सचिव कृष्ण थापाले खेलाडीलाई अवसर दिने लक्ष्य रहेको बताए ।

प्रतियोगितामा विजेता टिमले नगद ५० हजार, उपविजेताले ३० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट विधाका खेलाडीहरुलाई समेत पुरस्कृत गरिने खेल संयोजक प्रकाश क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment