Comments Add Comment

जब बैंकको गल्तीले चियावाला खर्बपति बने


हरेक मानिसको चाहना धनी बन्ने हुन्छ । मानिसले धनी बनेको सपना देख्नु स्वभाविकै हो । कल्पना गर्नुस् त, यदि तपाइँ एकाएक खर्बपति बन्नुभयो र केही बेरमै आफ्नो खर्बौं रकम गुम्यो भने के होला ?

भारतमा यस्तै घटना भएको छ । एकजना चियावाला एक झट्कामै खर्बपति बने तर उनको खर्बौं धन आधा घण्टा पनि टिकेन ।

भारतको हरदोइ सहरका चिया बेच्दै आइरहेका पिन्टु नामक व्यक्तिको जीवनमा गत मंगलबार सोच्दै नसोचेको घटना भयो ।

उनले एक्कासि एउटा मेसेज प्राप्त गरे जसले उनलाई एकै झट्कामा १ सय ४८ खर्ब ८५ अर्ब ५३ करोड भारुको मालिक बनाइदियो । आफ्नो खातामा खर्बौं रुपैयाँ आएको मेसेज प्राप्त गरेपछि उनको खुसीको सीमा रहेन । उनी अत्ताल्लिए पनि । तर त्यो खुसी धेरैबेर टिकेन । उनलाई अर्को झट्का लाग्यो र बैंकमा जम्मा भएको रकम सप्पै फिर्ता गरियो ।

यो सबै घटना आधा घण्टाको बीचमा भयो । बैंक खातामा त्यतिधेरै रकम जम्मा भएको खबर उनले आफ्ना सबै आफन्तलाई सुनाउन भ्याएका पनि थिएनन् तर त्यो रकम जसरी आयो उसरी नै गयो ।

वास्तवमा बैंकको गल्तीका कारण पिन्टुको खातामा त्यतिधेरै रकम जम्मा भएको रहेछ । पछि बैंकले भुल सुधार गरी पिन्टुको खातामा ट्रान्सफर गरेको रकम फिर्ता लियो । आधा घण्टाअघि बैंक खातामा खर्बौँ रकम जम्मा भएको मेसेज मोबाइलमा प्राप्त गरेका पिन्टुले आधा घण्टा पछाडि अर्को मेसेज प्राप्त गरे । जसमा बैंक खातामा ट्रान्सफर भएको सबै रकम फिर्ता गरिएको उल्लेख थियो र उनको खातामा अब जम्म १७ सय ८९ भारु मात्र बाँकी थियो । जुन रकम उनको खतामा पहिले नै थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment