Comments Add Comment

फेसबुकले किन मागिरहेको छ प्रयोगकर्ताका निर्वस्त्र तस्वीर ?


सोसल साइट फेसबुकले बेलायती प्रयोगकर्ताहरुसँग उनीहरुका निर्वस्त्र तस्वीर पठाउन अनुरोध गरेको छ । बदलाको भावनाले कोही व्यक्तिले कुनैपनि प्रयोगकर्ताका नांगा तस्वीरहरु फेसबुकमा पोष्ट गर्न नपाओस् भन्नका लागि यसो माग गरिएको फेसबुकले जनाएको छ ।

यदि तपाइँलाई कसैले आफ्ना अन्तरंग तस्वीरहरु फेसबुकमा पोष्ट गरिदिन्छ कि भन्ने डर छ भने फेसबुकलाई त्यस्ता तस्वीर उपलब्ध गराएर तपाइँ आफ्ना नांगा तस्वीर सार्वजनिक हुनबाट जोगिनुहुन्छ ।

फेसबुकले यस्तै प्रविधिको प्रयोग अहिले बालबालिकामाथि दुव्र्यवहारयुक्त तस्वीरलाई फेसबुकमा पोस्ट हुनबाट रोक्नका लागि गरिरहेको छ ।

फेसबुकले यस्तो विधिको प्रयोग यसअघि अस्ट्रेलियामा गरेकोमा अब बेलायत, अमेरिका र क्यानडामा पनि सुरु गर्ने कोसिस गरिरहेको छ । फेसबुकका प्रवक्ताका अनुसार बेलायती फेसबुक प्रयोगकर्ताका लागि खुल्ला प्रस्ताव अघि सारिएको छ ।

कसरी गर्दछ फेसबुकले यसको प्रयोग ?

यदि तपाइँ कुनै तस्वीरका कारण चिन्तामा हुनुहुनछ भने फेसबुकले सल्लाह दिनेछ की आफ्नो पार्टनरसँग यस विषयमा कुरा गर्नुहोस् । बेलायतमा बदलाको भावनाबाट अन्तरंग तस्वीरहरु शेयर गरिएका गुनासो गर्नका लागि हेल्पलाइन रहेको छ । हेल्पलाइनमा उजुरी गरेपछि त्यसका कर्मचारीहरुले फेसबुकसँग सिधा सम्पर्क गर्दछन् र एक लिंक पठाइदिन्छन् । उक्त लिंकमा प्रयोगकर्ताले आफ्नो निर्वस्त्र फोटो अपलोड गर्नुपर्नेछ ।

कसले देख्छ त्यो निर्वस्त्र फोटो ?

फेसबुकका सुरक्षा विभागका प्रमुख एन्टिगोन डेभिसका अनुसार प्रयोगकर्ताबाट प्राप्त भएका निर्वस्त्र तस्वीरहरु फेसबुकको एउटा पाँच सदस्यीय टोलीले मात्र हेर्नेछ । उक्त समूहका सदस्यहरु प्रशिक्षित समीक्षक हुन् । त्यसरी प्राप्त सबै तस्वीरलाई विशेष डिजिटल फिंगरप्रिन्ट दिइन्छ र त्यसलाई ह्यास भनिन्छ ।

त्यसपछि डाटाबेसको रुपमा एउटा कोड बनाएर स्टोर गरिन्छ । यदि कोही दोश्रो व्यक्तिले सोही खाले निर्वस्त्र फोटो फेसबुकमा अपलोड गर्ने कोसिस गर्यो भने फेसबुकमा स्टोर भएको कोड नम्बरसँग जुध्नेछ र जसका कारण त्यो तस्वीरलाई फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा आउनुअघि नै ब्लक गरिनेछ ।

शत प्रतिशत ढुक्न हुने अवस्था छैन

फेसबुक अधिकारी एन्टिगोन डेभिसले स्विकार गरेका छन् की यो प्रविधि पनि शतप्रतिशत सफल हुनेमा ग्यारेन्टी दिन सकिँदैन । किनकी प्रयोगकर्ताको निर्वस्त्र तस्वीरलाई कसैले तोडमोड गरेर पोस्ट गर्यो भने फेसबुकमा रहेको कोडले पत्ता लगाउन सक्दैन । यद्यपि यस्तो कार्यलाई पनि पत्ता लगाउने प्रविधिको विकासमा काम भैरहेको उनले बताएका छन् ।

उनका अनुसार यो आइडिया तबमात्र काम लाग्नेछ जब कोही व्यक्तिले फेसबुकमा अपलोड गरिदेलाकी भन्ने डर भएको तपाइँको निर्वस्त्र तस्वीर तपाइँको मोबाइलमा पनि छ । तपाइँसँग नभएको आफ्नो निर्वस्त्र तस्वीर अरु कसैसँग छ भने उसले त्यो फोटो अपलोड गरिदिने कुरालाई रोक्न भने यो प्रविधिले सक्नेछैन ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment