Comments Add Comment

अलैंचीका बिरुवाको मूल्य तोकियो

१० जेठ, बेसीशहर, लमजुङ । जिल्लामा अलैँचीका बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलँैची व्यवसायी महासंघ, लमजुङ शाखाले अलैँची बिरुवाको मूल्य निर्धारण गरेको हो ।

जिल्लाभर अलैँची बिरुवाको मूल्यमा एकरुपता कायम गर्न महासंघ जिल्ला शाखाको बुधबार बसेको बैठकले बिरुवाको मूल्य निर्धारण गरेको हो । महासंघले प्रतिबिरुवा रु पाँचदेखि रु आठसम्म निर्धारण गरेको शाखा अध्यक्ष अजय तामाङले जानकारी दिए ।

महासंघ शाखाले पुरानो बोटबाट निकालेको बिरुवाको मूल्य रु पाँच कायम गरेको छ भने नर्सरीमा ३२ महिना कटेको बिरुवाको मूल्य प्रतिगोटा रु आठ कायम गरेको जनाएको छ ।

जिल्लामा अहिले रु १५ लाख अलैँचीका बिरुवाको माग भएको र रु २० लाखभन्दा बढी बिरुवा उत्पादन भएको महासंघले जनाएको छ । गत वर्ष प्रतिबिरुवा रु नौ निर्धारण गरिएको भएपनि यस वर्ष अलैँचीको मूल्य र बिरुवाको माग पनि घटेका कारण बिरुवाको मूल्य घटाइएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment