Comments Add Comment

नेपालमा लगानी र पर्यटक भित्र्याउन नागोयामा कार्यक्रम

जापान । नेपालमा जापानी पर्यटक र लगानी भित्र्याउन एक कार्यक्रम गरिएको छ । जापानको औद्योगिक नगरी नागोयामा गैह्रआवासीय नेपाली संघ एसिया प्यासीफिकको आयोजनामा कूटनीतिज्ञ तथा व्यवसायी सम्मिलित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदूत प्रतीभा राणाले राजनीतिक स्थायित्व कायम भएकाले नेपालमा लगानी गर्न उद्योगी तथा व्यवसायीहरुलाई आग्रह गरिन् ।

बुद्ध जन्मस्थल नेपाल र जापानको सम्बन्ध शदियौं पुरानो रहेको स्मरण गर्दै उनले यसलाई थप मजबुत पार्नुपर्ने आवश्यकता औंल्याइन् ।

आइची प्रिफेक्चर ओबु शहरका मेयर ओकामुरा हिदेतोले नेपालको शहरबारे सकारात्मक रहेको बताए ।

नेपाल घुमेका जापानी पर्यटक र नेपालमा व्यवसाय आरम्भ गरेका जापानीले नेपाल घुमफिर र व्यवसायका लागि उपयुक्त रहेको बताएका थिए ।

ओबु जापान चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिका अध्यक्ष किमुरा, रोटरी जापानका पूर्वगभर्नर युसुके कोन्दो , एनआरएनएका युवा संयोजक सुदन थापा, एसिया प्यासिफिकका संयोजक किरणविक्रम थापा, आर्इसीसी सदस्यद्वय ओम गुरुङ र टंक गैरेले कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment