Comments Add Comment

इटहरी बलात्कार प्रकरणमा मुछिएका प्रहरीलाई कारबाही, दरबारमार्ग सामूहिक बलात्कार अध्ययनमै

एसपीको ग्रड रोक्का, इन्स्पेक्टरको टाइम स्केल घटुवा

१० जेठ, काठमाडौं । सुनसरीको इटहरीमा करिब ५ महिनाअघि भएको १४ वर्षीय बालिकामाथिको सामूहिक बलात्कार प्रकरणमा मुछिएका दुई प्रहरी अधिकारीलाई विभागीय कारबाही गरिएको छ ।

यसअघि गत १६ पुसमा अंग्रेजी नयाँ वर्ष मनाउन इटहरीको रोयल रिसोर्ट होटलमा गएकी १४ वर्षीय बालिका बलात्कृत भएकी थिइन् । र, ती प्रहरी अधिकारीले प्रहरी कार्यालयभित्रै घटना गुपचुप मिलाएको आरोप लागेको थियो ।

पीडित बालिकाले धरानका जुकल लिम्बु र बिराटनगरका मनिष श्रेष्ठबाट आफू बलात्कृत भएको बयान दिएकी थिइन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार तत्कालिन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई विभागीय कारबाही गरिएको हो ।

एसपी माझी उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेको भन्दै ६२ औं प्रहरी दिवसको अवसरमा सुनसरीबाट सम्मानित प्रहरी उपरीक्षक हुन् । तर, उनी कारबाहीमा परेका छन् । खोटाङबाट सुनसरी सरुवा भएको ४ महिनाको अवधिमै उत्कृष्ठ काम गरेको भन्दै माझी सम्मानित भएका थिए ।

माझीको एक वर्षको ग्रेड रोक्का गरिएको छ भने दाहाललाई तल्लो टाइम स्केल घटुवा गरिएको छ । घटनाको छानबिन गर्न बनेको समितिको आधारमा कारबाही गरिएको केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले अनलाइनखबरलाई बताए ।

दरबारमार्ग बलात्कार प्रकरणमा मुछिएका प्रहरीको रिपोर्ट अध्ययनमै

काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा एक युवतीमाथि भएको सामूहिक बलात्कार प्रकरणमा मुछिएका प्रहरी अधिकारीहरुमाथि भने कारबाही भएको छैन ।

घटनाको अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर, महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयले नै अनुसन्धान समिति गठन गरेकाले सबैको प्रतिवेदन प्रहरी प्रधान कार्यालयको कानुन शाखामा अध्ययनकै क्रममा रहेको स्रोतले बतायो ।

प्रकरणमा दरबारमार्गकै प्रहरी अधिकारीको रोहवरमा पीडित र पीडक पक्षबीच मिलापत्र गराइएको थियो । जसमा तत्कालिन डिएसपी तिलक भारती हेडक्वार्टर तानिएका थिए भने प्रहरी निरीक्षक लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परेका थिए ।

प्रकरणलाई काठमाडौं प्रहरी परिसरले संगठित अपराध अन्तरगत मुद्दा चलाएको थियो । मुख्य आरोपित युवतीका प्रेमी शैलेश कार्की अहिले पुर्पक्षका लागि थुनामा गएका छन् भने अन्य ३ जना प्रतिवादी अझै फरार छन् ।

यो पनि पढुनुस् 

बालिका बलात्कार प्रकरणः ‘बलात्कारी’लाई जोगाउन धार्मिक अस्त्र प्रयोग

दरबारमार्ग काण्डः ‘ब्वाइफ्रेण्ड’कै सहयोगमा बलात्कार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment