Comments Add Comment

विनय र श्रृष्टीको ‘पल पल’

बारम्बार प्रदर्शन मिति सारिएको चलचित्र ‘रोमियो एन्ड मुना’ अब भने साउन ११ गतेबाट रिलिज हुने भएको छ । चलचित्रको दोश्रो गीत सार्वजनिक गर्दै काठमाण्डौमा आयोजना गर्दै चलचित्रको प्रदर्शन मिति र नयाँ गीत सार्वजनिक गरिएको हो ।

चलचित्रमा समावेश ‘पल पल तिम्रै संझनामा’ बोलको गीत सार्वजनिक गरिएको छ । सुक्मित गुरुङको आवाजमा समावेश यो गीतमा विश्व शाहीको शब्द तथा संगीत छ । गुरुङको आवाजमा यो गीत पहिले नै हिट भैसकेको छ ।
यो गीतको भिडियोलाई राजिभ समर र नरेश कुमार केसीले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठलाई फिचरिङ गरिएको छ । शिवराम श्रष्ठले छायांकन गरेको यो चलचित्रको गीतको भिडियोलाई कलात्मक बनाइएको छ । पेन्टिङको थीममा तयार पारिएको भिडियो विशेष लाग्छ ।

नरेश कुमार केसीले छायांकन गरेको चलचित्रर्ला विनय श्रेष्ठ, प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन् । चलचित्रमा लोकेश बज्रचार्यको सम्पादन छ । यसअगाडि सार्वजनिक भएको ‘स्यान्डविच’ गीतको भिडियोले विवाद निम्त्याएको बिषयमा विनयले भने–‘मलाई त्यस्तो लाग्दैन । बरु, त्यसले प्रचार चै भयो होला ।’

नायिका श्रृष्टी श्रेष्ठले यो भिडियोमा र चलचित्रमा काम गर्न पाउँदा आफू खुशी भएको बताइन् । चलचित्र ढिलो आएपनि राम्रो बनेर आउने विश्वास उनको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment