Comments Add Comment

यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुँदै

१० जेठ, यूएई । यूएईको नेपाली समुदायमा हालसम्म्कै सर्वाधिक राशीको फुटबल प्रतियोगिता एनआरएन कप-२०१८  हुने भएको छ ।

प्रथम पुरस्कार पाँच हजार ५५५ राखिएको यो प्रतियोगिता आगामी इदको अवसरमा दुबईमा आयोजना हुदै छ । ‘नेपालीका लागी नेपाली’ भन्ने एनआरएनको नारा अनुरुप यूएईका युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने हेतुले आगामी इदको पहिलो दिन १५ जुनको रात ठीक १० बजे आयोजना हुन लागेको हो ।

एनआरएन यूएईको उद्दार कोषको सहयोगार्थ आयोजना हुन लागेको  यो प्रतियोगितामा ११ समूहले भाग लिने निश्चित भएको आयोजक समूहका मदन अधिकारीले बताएका छन् ।

नेपालमा विभिन्न चर्चित फुटबल क्लब खेल्ने खेलाडीहरु जो अहिले श्रमको सिलसिला युएइ कार्यरत छन्, उनी हरुको पनि सहभागिता हुने हुनाले खेल अति रोमाञ्चक हुने आयोजकले दाबी गरेका छन् ।

दुबईको पेनाल्टी फुटबल मैदान सलाउदिन स्ट्रिटमा आयोजना हुने प्रतियोगितामा प्रथम पुरस्कार ५ हजार ५५५ दिराम (१ लाख ६० हजार रुपैयाँ ) का साथमा  कप,  मेडल र प्रमाणपत्र हुनेछ ।

त्यसैगरि ‘दित्तीय पुरस्कार: ३ हजार ३ सय  ३३३ दिराम (करिब १ लाख रुपैयाँ) कप, मेडल र प्रमाणपत्र हुनेछ । साथमा उत्कृस्ट टुर्नामेन्ट खेलाडीलाई कप प्रमाणपत्र, उत्कृष्ठ गोलकिपरलाई कप र प्रमाणपत्र र प्रत्यक खेलको उत्कृस्ट खेलाडीलाई प्रमाणपत्र प्रदान गर्ने आयोजकले बताएका छन् ।

उक्त प्रतियोगितामा सहभागी बन्न दर्ता शुल्क १ हजार १ सय ११ दिराम तोकिएको छ । आगामी १२ जुन २०१८ सम्म प्रतियोगितामा भाग लिने समुहले दर्ता गराइसक्नु पर्ने आयोजकले सर्त राखेका छन् ।

खेल सम्बन्धी नियमहरुम ११ जना खेलाडी र ५ अफिसियलको नाम दिनु पर्ने आयोजकको आग्रह छ  ।

फिफाको नियम अनुसार खेल खेलाइने आयोजकले बताएका छन् । कुनै विवाद उत्पन्न भए रेफ्रीको निर्णय नै अन्तिम हुने बादबिबाद गर्न नपाइने नियम छ ।

प्रतियोगितामा जम्मा १२ टिम मात्र सहभागी हुन पाउने पहिले दर्ता टिमलाई प्राथमिकता दिइने नियम राखिएको उक्त खेल संयोजकहरुमा मदन अधिकारी, मनोज गोर्खाली, नबिन पौडेल, समिम खान, निरन्जन सिलवाल र शम्सेर योन्जन  रहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment