Comments Add Comment

निजगढ विमानस्थलको ईआईए स्वीकृत, अझै टुंगिएन निर्माणको मोडालिटी


१० जेठ, काठमाडौं । निजगढको दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्रालयले ईआईए स्वीकृत गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

अब विमानस्थल निर्माणका लागि मोडालिटी टुंगो लाग्न बाँकी छ । तर, ईआईए स्वीकृत भएपछि प्रारम्भिक निर्माणको काम अघि बढाउने बाटो खुलेको छ ।

विमानस्थल निर्माणका लागि झण्डै २४ लाख रुख कटान गर्नुपर्ने छ । विमानस्थलले ८ हजार हेक्टर जमिन ओगट्नेछ ।

एयरपोर्ट सिटीबाहेक विमानस्थलकै मुख्य भागका लागि भने २ हजार हेक्टर जमिन पर्याप्त हुनेछ । तत्कालै निर्माणका लागि भने ५ लाख रुख काटिनेछ । सरकारले विमानस्थल क्षेत्रमा रेखदेख र संरक्षणको जिम्मा सेनालाई दिएको छ ।

विमानस्थल निर्माण क्षेत्रभित्रका करिब १५ सय घरधुरीलाई सानुपर्ने छ । सरकारले निजगढ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कोरियन कम्पनीसँग किन्ने निर्णय गरिसकेको छ । यसको डीपीआर कोरियन कम्पनी ल्याण्डमार्क वर्ल्डवाइडले तयार गरेको हो ।

विमानस्थल सरकारी-निजी साझेदारी र इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सनमध्ये कुन मोडालिटीमा निर्माण गर्ने भन्ने अन्योल छ । पर्यटन मन्त्री रविन्द्र अधिकारीले पदबाहली गरेकै दिन एक महिनाभित्र निर्माणको मोडालिटी टुंग्याउने निर्णयमा हस्ताक्षर गरेका थिए ।

तर, अहिलेसम्म त्यो काम हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment