१० जेठ, सिड्नी । सिड्नी नजिकैको क्रोनुल्ला बिचमा बुधबार विहान मृत फेला परेकी युवती २६ वर्षिया नेपाली नागरिक भएको खुलेको छ ।
बिचमा एक्सरसाइज गरिरहेका दुई महिलाहरुले ती महिलाको शव बालुवामा घोप्टो परिरहेको अवस्थामा विहान ५ बजेतिर देखेका थिए र प्रहरीलाई खबर गरेका थिए ।
ती महिलाले पुरै कपडा लगाएकी थिइन तर उनको साथबाट परिचय खुल्ने कुनै पनि कागजात भेटिएको थिएन ।
न्यू साउथ वेल्स प्रहरीले उनको पहिचान गर्नको लागि सूचना दिएर सहयोग गर्न सार्वजनिक आहृवान गरेको थियो ।
बिहीबार अपरान्हमात्रै प्रहरीेले औपचारिक रुपमा ती महिलाको पहिचान गर्न सफल भएका थियो ।
प्रहरीले ती महिलाको मृत्यु शंकास्पद नदेखिएको बताएको छ तर पनि अन्य अनसन्धान जारी राखेको छ ।
प्रहरी अधिकारीहरुले सर्वसाधारणहरुलाई ती महिलाको बारेमा थप सूचना दिन आग्रह गरेको छ र महिलाको मृत्यु भन्दा अगाडिको गतिविधिहरुको बारेमा छानबिन गरिरहेको छ ।
स्रोत : सिड्नी मर्निङ हेेराल्ड