Comments Add Comment

प्रभु बैंकमा महिला संचालक अनिवार्य गरिँदै


१० जेठ, काठमाडौं । प्रभु बैंकको साधारणसभा सम्पन्न भएको छ ।बैंकको १६ औ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७३/७४ को वासलात तथा नाफा नोक्सान हिसाब लगायत विवरण पारित गरेको छ ।

बैंकको १६औं वार्षिक साधारण सभामाछलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले डिवेञ्चर तथा वण्ड जारी गर्न सक्ने, सार्वजनिक निष्काशन गरिएका धितोपत्रहरु निष्कासन हुँदाका बखत लगानतीकर्ताबाट दरखास्त संकलन गर्ने, कम्तिमा १ जना महिला सञ्चालक रहने व्यवस्था मिलाउनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्यांकन गर्न मान्यता प्राप्त मुल्यांकनकर्ता नियुक्ती गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारी पत्रतर्जुमा गरी सो सम्बन्धीप्रक्रिया सम्बन्धी अगाडी बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

सञ्चालक समितिको निर्णय बमोजिम रिक्त सञ्चालक पदमा नियुक्त भएका संचालकहरु शंकर प्रसाद कालिकोटा र अन्जु अधिकारीको नियुक्तीलाई अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment