Comments Add Comment

यूएईका मुख्य शहरहरुमा ‘ऐश्वर्य´ को च्यारिटी शो हुने 

१० जेठ, यूएई । यूएर्इका मुख्य शहरहरूमा चलचित्र एेश्वर्यको च्यारिटी शो हुने भएको छ ।

एनआरएनए यूएईको संयोजन एवम डिस्कभरी रोयल स्पोर्ट्स यूएईको आयोजनामा नेपालका बिभिन्न ८ जिल्लामा नि:शुल्क प्राथमिक उपचार तालिमको सहयोगका लागि यूएर्इका मुख्य शहरहरूमा ऐश्वर्यको च्यारिटी शो गर्न लागिएको हो ।

उक्त च्यारिटी शोको अवसरमा नेपाली सिने जगतका चार जना कलाकार यूएई आउँदै छन् । एनआरएन यूएईका केन्द्रीय सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्सका संचालक ओम उप्रेतीका अनुसार  च्यारिटी शोको सफलताका लागि नायक रमेश उप्रेती, नायिका सन्चिता लुइँटेल, कलाकार सन्दीप क्षेत्री र निर्मल शर्मा यूएई आउने छन् ।

आगामी जून १६ मा अबुधाबीको फोक्लर हल र १५ जून मा दुबईको अलकुजको डलस्को हल र काल्टन टावर होटेलमा आयोजना गरिने  च्यारिटी शोमा नेपालबाट आमन्त्रित कलाकार र यूएईमै क्रियाशील नेपाली कलाकारहरुको उत्कृष्ट प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिएका छन् ।

च्यारिटी शोबाट प्राप्त मुनाफाले नेपालका ८ जिल्लामा नि: शुल्क आकस्मिक प्राथमिक उपचार तालिम संचालन गर्ने आयोजकको लक्ष्य रहेको छ । केही  महिना पहिले नेपालका ८ जिल्लामा सोही तालिम सम्पन्न गरी १ हजारभन्दा बढी प्राथमिक उपचारक स्वंसेवक उत्पादन गरिसकेको छ ।

यो तालिम कार्यक्रम मार्फत नेपाल अधिराज्यका सबै ७७ जिल्लाहरुमा पुगी सेवामा समर्पित हुनको लागि अझै व्यापक हौसला मिल्ने आयोजकले बताएका छन् ।

आगामी लक्ष्य अनुरुप दोस्रो चरणको कार्यक्रम आगामी असोज महिनामा स्याङ्जा, पाल्पा, गुल्मी, रुपन्देही, धनकुटा, सुनसरी,मोरङ र झापा जिल्लामा आयोजना हुनेछ ।

उक्त निःशुल्क प्राथमिक उपचार तालिम कार्यक्रम सन्चालन गर्न आवश्यक आर्थिक ब्ययभारलाई मध्यनजर गरि केही आर्थिक सहयता जुटाउने हेतुले यूएईमा आउदै गरेको चाड इदको पहिलो दिन दुबईमा र दोस्रो दिन अबुधाबिमा नेपालका ख्याती प्राप्त सिने कलाकारहरु र यूएईस्थित अन्तर्राष्ट्रिय नेपाली कलाकारहरुको समुपस्थितीमा गरिन लागिएको भब्य सांगीतिक कार्यक्रम एबं नेपाली चलचित्र ‘ऐश्वर्य´ ‘च्यारिटी शो’ को बृहत कार्यक्रममा सहभागी भै भरपुर मनोरन्जन लिनुहुन आयोजकले यूएईमा श्रमरत सबै नेपालीहरुलाई आग्रह गरेको छ ।

चलचित्र ‘ऐश्वर्य´को  ‘च्यारिटी शो युएईका सबै इमिरेट्समा गर्ने तयारी तीव्र रूपमा भएको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् ।

एनआरएन यूएईका सबै क्षेत्रीय समितिको संयोजकत्वमा सम्बन्धित क्षेत्रमा रहेका सबै समाजका क्षेत्रीय समितिहरुको सहयोगमा ऐश्वर्य´ “च्यारिटी शो” गर्ने तयारी भइरहेको बताइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment