Comments Add Comment

उपत्यकाबाहिरका विश्वविद्यालयको काठमाडौं सम्पर्क कार्यालय खारेज

१० जेठ, काठमाडौं । उपत्यकाबाहिर केन्द्रीय कार्यालय रहेका विश्व विद्यालयहरुको काठमाडौंमा रहेका सम्पर्क कार्यालय खारेज भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका काठमाडौंमा रहेका सम्पर्क कार्यालय खारेज गरेका हुन् ।

पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल, कृषि तथा वनलगायतका ११ विश्वविद्यालयको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकाबाहिर रहेको छ ।

यस्ता सम्पर्क कार्यालयहरुको खास भूमिका र प्रभाव नरहेकोले हटाउने निर्णय भएको मन्त्री पोखरेलका निजी सचिव पुष्प ढकालले बताए ।

मन्त्री पोखरेलले उपत्यकाबाहिरका विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौंबाट तत्काल हटाउन पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment