Comments Add Comment

सांग्रिला विकास बैंक र सिद्घार्थ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता


१० जेठ, काठमाडौं । सांग्रिला विकास बैंक लिमिटेड र सिद्घार्थ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सांगि्रला बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्सका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीरेन्द्र बैदवार क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौताले बैंकका ग्राहकलाई उत्कृष्ट निर्जिवन वीमा सेवा पुग्ने विश्वास दुवै कम्पनीले गरेका छन् ।

यसैबीच कुमारी बैंक लिमिटेड र सिद्धार्थ इन्स्योरेन्सबीच पनि बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ नायब कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट सीईओ क्षेत्रीले हस्ताक्षर गरे ।

ग्राहकलाई उत्कृष्ट निर्जिवन वीमा सेवा दिने उद्देश्यले यस्तो सम्झौता गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment