Comments Add Comment

ग्लोबल आइएमई बैंकद्धारा कम्प्यूटर सहयोग


१० जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका – २ को भुवनेश्वर माध्यमिक विद्यालय र अमरगढी नगरपालिका ३ को घटाल माध्यमिक विद्यालयलाई ५/५ थान कम्प्युटर वितरण गरेको छ ।

डडेलधुरा जिल्लाको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्धेश्यले बिहीवार बैंककी सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणा र डडेलधुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले बुधवार ती विद्यालयमा कम्प्युटर वितरण गरेका हुन् ।

शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरूमा प्रविधिको ज्ञान बढोस् भन्ने उद्देश्यले ती कम्प्युटर वितरण गरिएको कम्पनीले जनाएको छ ।

यसका साथै बैंकले बुधवारदेखि बैतडी जिल्लाको सुनेरा गाउँपालिका वडा नम्बर ६ मोतीनगरमा आफ्नो ८५ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment