Comments Add Comment

दाङमा दुई निर्माण व्यवसायी पक्राउ

१० जेठ, दाङ  । तोकिएको समयमा निर्माणको काम पूरा नगरेको भन्दै बिहीबार दुई निर्माण व्यवसायी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहका अनुसार पक्राउ पर्नेमा निर्माण व्यवसायी पदम शर्मा र प्रकाश महतारा छन् ।

शर्मालाई घोराहीमा सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै घोराहीबाट र महतरालाई तुलसीपुरमा सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै तुलसीपुरबाट पक्राउ गरिएको हो ।

अन्य निर्माण व्यवसायीको खोजीलाई तीव्र पारिएको छ । जिल्लामा ३५ भन्दा बढी योजना निर्माणका काममा ढिलासुस्ती भएको तथ्यांक आफूहरुले पाएको प्रहरी प्रमुख सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment