Comments Add Comment

नेकपाको पहिलो केन्द्रीय कमिटी बैठक : भ्रष्टाचार नगर्न अध्यक्षद्वयको निर्देशन

१० जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक बसेको छ ।

निर्वाचन आयोगमा बुझाउने हस्ताक्षर, नागरिकताको प्रतिलिपी लिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको अनौपचारिक बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् ।

अध्यक्षद्वयले पार्टी एकतालाई सुदृढ गर्न र पार्टीले दिने जिम्मवारी पूरा गर्न आहृवान गरेका छन् ।

राष्ट्रको कार्यभार सामाजिक न्यायसहितको समृद्धि भएको भन्दै दुबै नेताले त्यसमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीलाई विधि र प्रक्रियासम्मत रुपमा सञ्चालन गर्न र संघीय, प्रादेशिक र स्थानीय सरकार चलाउँदा भ्रष्टाचार नगर्न, हुन नदिने र भए तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment