Comments Add Comment

बलिउड सेलिब्रेटीका आलिसान घर र विलासी जीवनशैली

छिमेकी मुलुक भारतको फिल्म उद्योग बलिउडका सेलिब्रेटीहरुको जीनवशैलीको बारेमा उनीहरुका करोडौं फ्यानहरुलाई रुची हुन्छ ।

चर्चित सेलिब्रेटीको जीवनशैली र फेसन पछ्याउने मात्रै हैन फ्यानहरुले उनीहरुको घर कस्तो छ, कहाँ बस्छन भन्ने बारेमा पनि चासो राख्छन् ।

आज हामीले बलिउडका केही चर्चित स्टारहरुको आलिसान घर र उनीहरुको विलासी जीवनशैलीको बारेमा केही जानकारी दिन गइरहेका छौं ।

अमिताभ बच्चन

बलिउडका यी वरिष्ठ अभिनेतालाई अन्य कुनै पनि परिचयको जरुरी पर्दैन । यी लोकप्रिय हस्तीको फिल्म नगरी मुम्बईमा मात्रै पाँच आलिसान बंगलाहरु छन् ।

उनका बंगलाहरुको नाम जलसा, प्रतिक्षा, जनक, वत्स हुन् भने भर्खरै किनिएको पाचौँ बंगलाको भने नाम राखिएको छैन । उनी अहिले जुहुस्थित जलसामा बस्ने गर्छन् ।

उनी त्यहाँ श्रीमती जया, छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्याको साथमा बस्ने गर्छन् । यो घरको मुल्य ५० करोड भारु भन्दा धेरै पर्ने जनाइएको छ ।

दुईतल्ले यो वंगला १०,१२५ स्वायर फिटको रहेको छ । अमिताभको बंगला मुम्बईमा धेरै नै सुरक्षा प्रदान गरिने घरमा पर्छ । यो घर उनलाई निर्देशक रमेस सिप्पीले उपहारको रुपमा दिएका थिए ।

यो आलिसान बंगला दरबार जस्तै छ, जहाँ कि्रमी सेतो रंग लगाइएको छ र अध्याँरोमा सुनौलो प्रकाशले भित्ताहरुलाई प्रतिबिम्बित गर्छ ।

यहाँ एक सुन्दर बगैंचा सहितको चौर छ जहाँ यी सुपरस्टारको आराम गर्ने ठाँउ पनि बनाइएको छ । घरको भित्री सजावट पनि निक्कै नै आकर्षक छ ।

आमिर खान

आमिर खान मुम्बईमा आफ्नी श्रीमती किरन राव र सानो छोरा आजादसँग बान्द्राको बेल्ला भिस्टा अपार्टमेन्टमा बस्दै आएका छन् ।

उनको घर बाल्यकालको रोजाईँ र आफ्नो पारिवारिक झुकाबबाट प्रतिबिम्बित भएको पाइन्छ । यी स्टारको पुख्र्यौली गाउँ उत्तर प्रदेशको साहबादमा मात्रै २२ वटा घरहरु रहेका छन् ।

उनको सुविधासम्पन्न घर ५,००० स्क्वायर फिट भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ । उनको घरको ठूलो झ्यालबाट पाली हिल्सको हरियाली देख्न सकिन्छ ।

शाहरुख खान

बलिउडका यी किंगखानको जीवनशैली पनि कुनै बाहशाहको भन्दा कमको छैन् । उनको घरको सजावट राजसी ठाँटको छ ।

बान्द्रामा रहेको उनको बंगला लाई मन्नत भनिन्छ, जुन सम्पदा सूचीमा समेत रहेको छ र यसलाई अनुमति बिना भत्काउन मिल्दैन ।

अक्षय र टि्वंकल खन्ना

जुहु बिच स्थित प्राइम बिच’ नामक भवनमा अक्षय कुमारको घर रहेको छ । समुन्द्रपटि्ट फर्किएको यो सुन्दर घरको भित्री सजावटहरु पनि धेरै नै राम्रो छ ।

बलिउडका यी प्रभावशाली र सुन्दर जोडीले बेलाबेलामा आफ्नो आलिसान निवासमा खिचिएका तस्वीरहरु सार्वजनिक गर्ने गर्छन् ।

 दीपिका पादुकोण

बलिउडकी यी सुन्दर अभिनेत्रीले आफ्नो लागि मुम्बईमा धेरै नै राम्रो घर लिएकी छिन् । उनको ३६ तल्ले ‘ब्युमन्डे टावर्स’ प्रभादेवीमा सुन्दर र आकर्षक तीन बेडरुम भएको अपार्टमेन्ट छ ।

तीन आवासिय गगनचुम्बी भवन रहेको यो टावर धेरै नै महंगो कम्प्लेक्स हो । यहाँ दुई टेनिस कोर्ट, ब्याडमिन्टन कोर्ट, स्क्वास कोर्ट र खुल्ला एक्सरसाइज डेकहरु छन् ।

यो घरको मुल्य १६ करोड भारतीय रुपैंया रहेको छ र यो बलिउडका स्टारहरुसँग भएका मध्ये सबैभन्दा महंगो अपार्टमेन्ट हो ।

दीपिकाको अपार्टमेन्ट २६ औं तल्लामा छ । यो घरको सजावटमा भारतीय र पश्चिमी शैलीको फ्युजन गएकिो छ ।

सैफ अली खान र करिना कपुर

बलिउडका यी जोडी बान्द्रामा रहेको ‘फच्र्युन हाइट’ अपार्टमेन्टको दशौं तल्लामा बस्ने गर्छन् । यहि भवनको दोस्रो तल्लामा सैफको अफिस पनि छ ।

सैफको पिताको निधन पछि सैफलाई पटौदीको दशौं नवावको पगरी दिइएको छ । हरियाणाको गुडगाउँ नजिकैकै पटौदीको दरबार पनि उनको पुख्र्यौली सम्पत्ती हो । सैफ अली खानको घरको भित्री सजावट पनि निकै नै आकर्षक छ ।

सन् २०१३ मा यी अभिनेताले एउटाको १२ करोड भारतीय रुपैंयाको दरले चारवटा फ्ल्याट किनेका थिए । सैफको घरमा एक तल्लामा टेरेस गार्डेन, अर्कोमा  स्विमिङ पुल र जिम त्यस्तै अर्को तल्लामा उनको पुस्तकको लागि पुस्तकालय समेत छ ।

सिल्पा सेट्टी

लण्डनमा सिल्पा सेट्टीको घर घरमात्रै होइन आलिसान हवेली नै छ । उनी त्यँहा सात रुम भएको अपार्टमेन्टमा आफ्ना अर्बपति श्रीमान राज कुन्द्रा र छोरा विवेकको साथमा सानले बसेकी छिन् ।

उनको यो हवेलीको प्रवेशद्धारबाट छिरेपछि दुईवटा ढोकाले ठूलो हलमा आकर्षक लैजान्छ जहाँ दुई रिसेप्सन रुमहरु पनि छन् । देब्रेपट्टी सिँढी बाट ओर्लिएपछि चिसोमा तातो बनाउन मिल्ने इन्डोर स्विमिङ पुल समेत छ ।

जोन अब्राहम

बलिउड सेलिब्रेटीहरुमा जोन अब्राहमको पेन्ट हाउस धेरै नै भव्य छ । जोनका दाजु र पिताले डिजाइन गरेको बिलासी र सुन्दर पेन्टहाउसको भित्र बाहिर दुवैतिरबाट अरेबियन समुन्द्र र मुम्बई शहरको मनमोहक दृश्यहरु देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment