Comments Add Comment

जीवन बीमाका नाममा सर्वसाधारण ठगी गर्ने पक्राउ

प्रतीतकात्मक तस्वीर

११ जेठ, प्यूठान । जीवन बीमाका नाममा ठगी गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी प्यूठानका तत्कालीन शाखा उपप्रमुख बाबुराम उपाध्यायलाई प्रहरीले पक्रेको हो । उनीमाथि सर्वसाधारणलाई झुक्याइ नक्कली बीमालेख बनाएर ठगी गरेको आरोप छ ।

बागलुङ घर भई हाल बुटवल बस्दै आएका उपाध्यायले बिमितहरुको रकम लिई करिब १० लाख रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी राजेन्द्र पोख्रेलले बताए ।

२०७० चैत १३ गतेदेखि विभिन्न मितिमा उक्त रकम ठगी गरेको प्रहरी भनाइ छ । ठगी मुद्दामा उपाध्यायलाई जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

यो घटनासँगै प्रहरीले सर्वसाधारणलाई रकम जम्मा गर्दा सावधानी अपनाउन आग्रहसमेत गरेको छ ।

घटनाको थप अनुसन्धानका लागि भन्दै प्रहरीले केशवराज केसी र रिता रिजाललाई समेत हिरासतमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment