Comments Add Comment

निर्माणाधीन घरको छतबाट खसेर भारतीयको मृत्यु


११ जेठ, झापा । निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीयको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी प्रसाईको घर निर्माणका क्रममा उनी चारतला माथिबाट खसेका थिए ।

छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता मेचीनगर नगरपालिका–१०, शान्तिटोलमा करेन्ट लागेर स्थानीय २१ वर्षीया अनुजा मगर घाइते भएकी छिन् । पानी तान्ने मोटर पम्पबाट करेन्ट लिक हुँदा उनलाई करेन्ट लागेको बताइएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएकी अनुजाको बिर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment