Comments Add Comment

आज थाइराइड दिवसः के हो थाइराइड, कसरी बच्ने ?

'बन्दा काउली धेरै खाएर हुँदैन'


११ जेठ, काठमाडौं । आज विश्व थाइराइड दिवस । विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदै छ ।

थाइराइड रोगी बढ्दै गएको सन्दर्भमा नेपालमा पनि विविध कार्यक्रम आयोजना गरिएको छ ।

दिवसको अवसर पारेर अल्का अस्पताल काठमाडौं, डाइबेटिज एण्ड थाइराइड सेन्टर प्रालि र लायन्स क्लव अफ अल्काले शुक्रबार बिहान र्‍याली निकालेका छन् ।

अल्का अस्पतालबाट शुरु र्‍याली जावलाखेल चोक, कुमारीपाटी, लगनखेल, कृष्णमन्दिर, गावाहल, पुल्चोक हुदैँ पुन अस्पतालमा आएर सकिएको थियो।

थाइराइड दिवसको अवसर पारेर अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

के हो थाइराइड ?

थाइराइड घाँटीमा हुने ग्रन्थी हो, यो रुद्र घन्टीको ठ्याक्कै तल हुन्छ। त्यसले थाइराइड हर्मोन उत्पादन गर्छ।

त्यो हर्मनको उत्पादनमा गडबढी भयो भने हामी थाइराइड लागेको भन्छौ । कसै–कसैको गन्थ्रीमा ट्युमर पलाएर पनि थाइराइड देखापर्छ।

थाइराइड रोग ३ किसिमका हुन्छन्।

थाइराइड ग्रन्थीले कम काम गर्ने रोग, थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग र थाइराइड ग्रन्थीको क्यान्सर।

थाइराइड ग्रन्थीले कम काम गर्ने रोगको लक्षणमा धेरै जाडो हुने, शरीर सुन्निने, छाला खस्रो हुने, काम गर्ने जाँगर नहुने हुन्छन् ।

त्यस्तै कब्जियत हुने, गलगाँड निस्कने, तौल बढ्ने, महिनावरी गडबड हुने, निःसन्तान हुनु पनि थाइराइड रोगका लक्षण हुन् ।

थाइराइड ग्रन्थीले बढी काम गर्ने रोगको लक्षण भने थाइराइड ग्रन्थीले काम गर्ने रोगको लक्षणभन्दा फरक हुन्छ।

गर्मी महसुस् हुनु, पसिना धेरै आउनु, मुटु धकधक हुनु, दिसा धेरै पटक लाग्नु, हात खुट्टा काम्नु, सास फुल्नु, निन्द्रा नलाग्नु हुन् ।

थाइराइड ग्रन्थीको क्यान्सरका लक्षण भनेका गलगाँड छिटो छिटो बढ्नु, गलगाँड दुख्नु, आवाज परिवर्तन हुनु, खान निल्न गाह्रो हुनु हुन् ।

थाइराइड कसरी लाग्छ ?

खानपीनको गडबढी अथवा कमी, बन्दा काउली धेरै खाएर यो रोग लाग्छ भन्ने हल्ला छ। बन्दा काउली धेरै खाएर यो रोग लाग्दैन। यो एक किसिमको अटो इमिनु रोग हो । थाइराइड ग्रन्थीको भाइरल इक्फेक्सनले हुन्छ । केही औषधिको सेवाले पनि यो रोग हुन्छ ।

उपचार विधि

थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए बाहिरबाट थाइराइड हर्मोन सेवन गर्ने अप्रेसन गर्नु पर्दैन । औषधि परीक्षण गर्दा ६ महिनासम्म रगत जाँच गर्नुपर्छ ।

थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए कम्तीमा १२ देखि १८ महिनासम्म औषधि खानुपर्छ ।

थाइराइड ग्रन्थीको क्यान्सर भएमा अप्रेसन गर्नुपर्छ । अप्रेसनपछि रेडियो एक्टिभ औषधी प्रयोग गरेमा यो निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment