Comments Add Comment

गोलान हाइट्स कब्जा गर्ने इजरायलको दाउ, अमेरिकालाई दबाव दिने रणनीति

११ जेठ, काठमाडौं । इजरायलले गोलान हाइट्स आफू मातहत ल्याउन अमेरिकामाथि दबाव दिने रणनीति बनाएको छ । अमेरिका पनि एक महिनाभित्र सहमतिमा आउने विश्वास इजरायलको छ ।

इजरायलका गुप्तचर विभागका मन्त्री ई कात्जले गोलान हाइट्स इजरायल मातहत ल्याउने यो नै उपयुक्त समय भएको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा कात्जले भनेका छन्, ‘अन्तर्राष्ट्रिय समुदायबाट गोलान हाइट्समाथि इजरायलको नियन्त्रणलाई मान्यता दिलाउने यो नै सबैभन्दा उपयुक्त समय हो । त्यसका लागि अमेरिका एक महिनाभित्र सहमतिमा आउनसक्छ ।’

गोलान हाइट्स के हो ?

गोलान हाइट्स दक्षिण-पश्चिमी सीरियास्थित एक पहाडी क्षेत्र हो । यो क्षेत्र राजनीतिक र रणनीतिक रुपमा विशेष मानिन्छ । इजरायलले १९६७ मा सीरियासँग ६ दिनसम्म युद्ध गरेर गोलान हाइट्स कब्जा गरेको थियो । युद्धको क्रममा सो क्षेत्रमा बसोबास गर्ने सीरियाका धेरै नागरिकहरु विस्थापित भएका थिए ।

१९७३ मा भएको मध्यपूर्वको युद्धको क्रममा सीरियाले गोलान हाइट्स पुनः आफ्नो नियन्त्रणमा लिन युद्ध गर्‍यो । युद्धमा इजरायललाई धेरै क्षति भए पनि सीरिया सफल हुन सकेन ।

त्यसपछि सन् १९७४ मा दुवै देशबीच युद्धविराम लागू भयो । युद्धविराम भएलगत्तै संयुक्त राष्ट्रसंघले आफ्ना सेनालाई सो क्षेत्रमा खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment