Comments Add Comment

सन्दीप लामिछाने बने जेभियर इन्टरनेशनलको ‘ब्राण्ड एम्बेसडर’


११ जेठ, काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछाने जेभियर इन्टरनेशनल स्कुल÷कलेजको ‘ब्राण्ड एम्बेसडर’मा अनुबन्धित भएका छन् । आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेर नेपाल फर्किएलगत्तै लामिछाने जेभियरसँग अनुबन्धित भएका हुन् ।

भृकुटीमण्डपमा शुरु भएको हिसान ‘एजुकेशन फेयर’ का क्रममा उनलाई २ वर्षका लागि जेभियर इन्टरनेशनलको ब्राण्ड एम्बेसडरमा अनुबन्धन गरिएको जेभियरका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले जानकारी दिए ।
लामिछाने अब २ वर्ष अन्य संस्थाको ब्राण्ड एम्बेसडर बन्ने छैनन् ।

ब्राण्ड एम्बेसडरको भूमिकामा रहने क्रिकेटर लामिछानेले जेभियर इन्टरनेशनल स्कूल बौद्ध र कलेज कालोपुलका विद्यार्थीहरुको क्षमता अभिवृद्धि र उनीहरुको हौसला बढाउने भूमिका निर्वाह गर्नेछन् । उनले जेभियरका विद्यार्थीलाई कार्यक्रमहरुमा सहभागी भएर साथ दिने भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment