Comments Add Comment

यस्तो स्कुल जहाँ डेटिङ जान सिकाइन्छ


के तपार्इंलाई डेटिङको चाँजोपाँजो कसरी मिलाउने,  गएपछि के गर्ने लगायतका तौर तरिका थाहा छ ? धेरैलाई थाहा नहुनसक्छ । सफल प्रेम सम्बन्धको लागि प्रभावकारी डेटिङको ठूलो महत्त्व हुन्छ पनि ।

सायद यही बुझेर होला चीनमा एउटा यस्तो स्कुल खुलेको छ जहाँ मानिसहरुलाई डेटिङको तालिम दिइन्छ ।

चीन जनसंख्याको हिसाबले विश्वको सबैभन्दा ठूूलो देश हो । महिलाको तुलनामा पुरुषहरुको संख्या धेरै छ ।

यसको मुख्य कारण हो, विगतमा चीनमा रहेको एक सन्तान नीति । जसका कारण चिनियाँ दम्पत्तिहरुलाई केवल एकमात्र बच्चा जन्माउने अनुमति थियो ।

यसले गर्दा चीनमा लैंगिक अनुपात असन्तुलित हुनपुग्यो । अहिले चिनियाँ युवकहरुलाई बिहेका लागि केटी पाउनै गाह्रो छ । अनि डेटिङका लागि केटीहरुलाई रिझाउनै पनि मुस्किल छ । सोही कारण त्यहाँ प्रभावकारी डेटिङका लागि स्कुल नै खुलेको छ र कोचिंग क्लास पनि हुने गरेको छ ।

बेइजिंगमा डेटिङको तालिम दिने स्कुलको नाम हो, लभ इनर्जी । स्कुलका सञ्चालक यी कुई हुन् ।

उनका अनुसार, डेटिंग एउटा पूर्ण डान्स जस्तै हो। कहिले डेटिंग पार्टनरलाई आफूतर्फ आकर्षित गर्नुपर्ने हुन्छ त कहिले टाढा धकेल्नु । साथै पार्टनरप्रति लगातार संवेदनशील पनि हुनै पर्दछ ।

लभ कोचिङ्गको क्रेज चीनमा निकै बढिरहेको छ । यसको अनलाइन कोर्स पनि हुन्छ र त्यसका लागि ३० डलर प्रति महिना शुल्क तिर्नुपर्दछ । यदि आफैं कक्षामा गएर लभ तथा डेटिंगको बारेमा सिक्ने चाहना भएमा चाहिँ महिनाको ४५ सय डलर सम्म तिर्नुपर्नेछ ।

यी कुईका अनुसार,  स्कुलका धेरैजसो विद्यार्थीहरु २३ देखि ३३ वर्ष उमेरका छन् । यद्यपि, एकजना १९ वर्षका युवक पनि डेटिङ कक्षामा भर्ना भएका छन् जो सबैभन्दा कम उमेरका हुन् । त्यस्तै एकजना ५९ वर्षका वृद्ध पनि डेटिंग तालिम लिन जान्छन् ।

लभ कोचिंग सेन्टरहरुमा केटाहरुको सिँगारपटार गरिन्छ । उनीहरुको सोसल मिडिया प्रोफाइलका लागि राम्रो तस्वीर पनि खिचिन्छ । उनीहरुलाई काबे डान नामको जापानी प्रविधि पनि सिकाइन्छ, जसमा कुनै युवतीलाई कसरी प्रभावित गर्ने भन्ने विषय रहेको छ ।

अन्तमूर्खी स्वभावका केटाहरु केटीसँग बोल्न गाह्रो मान्ने र डराउने भएको हुँदा त्यस्तो समस्याबाट छुटकारा दिन पनि स्कुलमा तालीम दिइन्छ ।

स्कुल सञ्चालकका अनुसार लभ तथा डेटिंग स्कुल वा कोचिंग सेन्टर खोल्नु सजिलो छैन । यसका लागि धेरै दक्ष कर्मचारीहरु, धेरै रकम, कार्यालय तथा अन्य सुविधाहरु पनि दिनुपर्दछ ।

तर अनलाइन डेटिंग कोर्स भने तुलनात्मक रुपमा कम खर्चिलो छ । भर्चुअल डेटिंग कोर्स तयार पार्न खर्च पनि कम लाग्दछ ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment