Comments Add Comment

यस्तो शहर जहाँ १६ रुपैयाँमा पाइन्छ गर्लफ्रेन्ड


दुनियाँका हरेक कुनामा केही न केही अनौठा चिज भैरहेका हुन्छन् । यस्तै अचम्मको कुरा चीनमा भैरहेको छ । चीनको गुआंगडोंगमा तपाइँ केवल १६ रुपैयाँ बराबरको रकममा गर्लफ्रेण्ड पाउन सक्नुहुन्छ ।

गुआंगडोंगको हेयुआन सहरमा रहेको द भाइटेलिटी सिटी सेन्टर नाम एक शपिङ कम्प्लेक्समा निकै सुन्दर मोडेलहरु उभिइरहेका हुन्छन् ।

त्यहाँ गएर कुनै पनि पुरुषले आफूलाई मन परेको युवतीलाई १ चिनियाँ युआन अर्थात् १६ रुपैयाँ बराबरको रकम तिरेर २० मिनेटसम्म आफ्नो गर्लफ्रेण्ड बनाएर लैजान सक्दछ । यदि २० मिनेटभन्दा धेरै समयसम्म ती युवतीसँग समय बिताउन चाहेमा समय अनुसारको थप रकम भुक्तान गर्नुपर्दछ ।

यद्यपि, यसका लागि केही नियमहरुको पालना गर्नुपर्ने हुन्छ । आफूले बनाएकी गर्लफ्रेण्डलाई केबल सपिङ मलमा घुमाउन पाइन्छ र सपिंङ पनि गराउन पाइन्छ । तर उनको मन्जुरीविना छुन वा अन्त कतै डेटिंग जाने प्रस्ताव राख्न पाइँदैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment