Comments Add Comment

ह्वाट्सएपमा ब्लक त हुनुभएन ? यसरी थाहा पाउनुहोस्


ह्वाट्सएप प्रयोगकर्ताका लागि कसैलाई ‘ब्लक’ गर्ने फिचर निकै उपयोगी फिचरको रुपमा रहेको छ । यो फिचरको विशेषता के भने प्रयोगकर्ताले कुनै अपरिचित वा कन्ट्याक्ट लिस्टमा रहेका ह्वाट्सएप प्रयोगकर्तालाई ब्लक गर्न सक्दछन्, ब्लक हुनेवालालाई पत्तै नदिइकन ।

तपार्इंले ब्लक गरेको ह्वाट्सएप नम्बर प्रयोगकर्ताले तपार्इंलाई कल तथा मेसेज गर्न सक्दैन ।

लास्ट सीन अर्थात् अन्तिमपटक ह्वाट्सएपमा अनलाइन भएको समय पनि सेटिंग्सको माध्यमबाट लुकाउन सकिन्छ । जसका कारण यो पत्ता लगाउन गाह्रो हुन्छ कि तपार्इंलाई कुनै ह्वाट्सएप प्रयोगकर्ताले ब्लक गरेको छ कि छैन ?

तर एउटा सानो जुक्तिले तपार्इंलाई यो द्विविधाबाट मुक्ति दिनेछ । सम्बन्धित प्रयोगकर्ताले तपाइँलाई ह्वाट्सएपमा ब्लक गरे नगरेको कुरा यो जुक्तिबाट थाहा पाउन सकिन्छ । यी कुराहरुबाट तपाइँ थाहा अनुमान लगाउन सक्नुहुन्छ की कसैले तपाइँलाई ह्वाट्सएपमा ब्लक गरेको छः

· यदि तपाइँले कुनै ह्वाट्सएप प्रयोगकर्ताको लास्ट सिन देखिरहनु भएको छैन भने हुनसक्छ तपायँले उसले ब्लक गरेको छ ।

· यदि तपाइँले ह्वाट्सएपको कन्ट्याक्ट लिस्टमा रहेको कुनै व्यक्तिको प्रोफाइलमा वा त्यसमा हुने कुनैपनि बदलाव देख्नुभएको छैन भने ।

· ह्वाट्सएपमा मेसेज वा कल गर्न नसक्नु ।

· प्रयोगकर्तालाई कुनैपनि ग्रुपमा एड गर्न नसक्नु । एड गर्न खोज्दा एरर को मेसेज आउनु आदि ।

उल्लेखित केही तरिकाहरु हुन् जसको माध्यमबाट तपाइँ कसैले आफुलाई ह्वाट्सएपमा ब्लक गरे नगरेको थाहा पाउन सक्नुहुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment