Comments Add Comment

दीपिकाले साइन गरिन् सुपरहिरो फिल्म, साथमा रणवीर पनि

बलिउड अभिनत्री दीपिका पादुकोण पछिल्लो फिल्म ‘पद्मावत’ पछि चुपचाप थिइन् । उनको आगामी फिल्मबारे केही सूचना नपाउँदा फ्यानहरु अधैर्य बनिरहेका थिए ।

ती फ्यानहरुको लागि खुशीको खबर आएको छ । दीपिकाले एउटा नयाँ बलिउड फिल्म साइन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो फिल्मको नाम भने फाइनल भएको छैन ।

रोचक कुरा के छ भने यो फिल्ममा दीपिकाका व्वाईफ्रेन्ड रणवीर सिंह पनि हुनेछन् । उनीहरु एक-अर्काको अपोजिटमा हुन् कि होइनन् भन्ने चाहिँ खुलेको छैन ।

यो फिल्मको बारेमा थप जानकारी आएको छैन । यद्यपि, सुपरहिरो फिल्म भन्नेवित्तिकै ठूलो लगानीमा बन्ने निश्चित छ । दीपिका यो फिल्मलाई लिएर निकै उत्साहित भएको बताइन्छ । आफ्नै व्वाईंफ्रेन्डसँग खेल्न पाएपछि त झन् उनको उत्साह बढ्ने नै भयो ।

पछिल्लो समय दीपिकाले फिल्म साइन नगर्नुमा विभिन्न अड्कलवाजी गरिएका थिए । उनी रणवीरसँग बिहेको तयारीमा रहेकाले डेट खाली राखेको चर्चा बलियो थियो ।

कतिपयले चाहिँ उनी बलिउडमा भन्दा हलिउडमा नै सक्रिय हुन चाहेको अड्कल गरिरहेका थिए । दीपिका स्वयम् चाहिँ गतिलो फिल्म र भूमिकाको पर्खाईमा थिइन् । भनेजस्तो अफर आएपछि उनले स्वीकार गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment