Comments Add Comment

निस्कियो साइत, रणवीर र दीपिकाको बिहे १९ नोभेम्बरमा !

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको मिति लगभग निश्चित भएको छ । दैनिक भाष्करका अनुसार यसै वर्षको १९ नोभेम्बरमा मुम्बईमा बिहे हुने भएको हो ।

ज्योतिषिलाई हेराएर दीपिकाको परिवारले यो मिति तय गरिएको बताइएको छ । उनीहरुले एक साउथ इन्डियन ज्योतिषिलाई ग्रह नक्षेत्र हेराएका थिए । निर्धारित तिथिको बारेमा रणवीरको परिवारलाई पनि जानकारी गराइएको छ । उनीहरु पनि यसमा सहमत भएका छन् ।

दीपिका र रणवीरको बिहे साउथ इन्डियन स्टाइलमा हुने अनुमान गरिएको छ । यसका लागि रणबीरल पारम्परिक मुन्डु पोशाक लगाउने छन् । दीपकाको बेहुली पोशाक भने बलिउडका फेमस डिजाइनर सब्यसाची मुखर्जीले डिजाइन गर्ने चर्चा छ ।

बिहे मुम्बईमा नै हुने तय भए पनि विवाहस्थल भने फाइनल हुन बाँकी छ । अगष्टसम्ममा विवाहस्थलको टुंगो लाग्ने बताइएको छ । हतारमा कुनै ठाउँ बुक गर्ने मुडमा दुवै परिवार छैनन् ।

दीपिका र रणवीरले यसै वर्ष विहे गर्ने तयारी गरेको कुरा यसबाट पनि बुझ्न सकिन्छ कि उनीहरुले आफ्ना स्टाफहरुको तीन महिना (अक्टोबर, नोभेम्बर र डिसेम्बर) का लागि छुट्टी  क्यान्सिल गरिदिएका छन् । रणवीर सिंह रोहित सेट्टीको निर्देशनमा बनिरहेको आगामी फिल्म ‘सिम्बा’ को सुटिङ चाँडै सिध्याउने कोशिष गरिरहेका छन् । आफ्नो बिहेको विषयमा उनले रोहितलाई जानकारी गराइसकेको बुझिएको छ ।

रणबीले अहिले कुनै नयाँ फिल्म साइन गरेका छैनन् । दीपिकाले भने हालै मात्र एउटा सुपरहिरो फिल्म साइन गरेको खबर आएको छ । त्यो फिल्मको सेड्यूल कहिले सुरु हुन्छ भन्ने चाहिँ खुलेको छैन । उनी पनि केही समयदेखि फिल्म साइन नगरी बसेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment