Comments Add Comment

सशस्त्र प्रहरीको ड्रेसमा अनुप र शिल्पाको प्रेम


नायिका शिल्पा पोखरेललाई दर्शकले ‘एक्सन लेडी’को रुपमा नै रुचाउँछन् । यसैले पनि शिल्पालाई दर्शकले एक्सन भूमिकामा बढी रुचाउँछन् । उनै, शिल्पाले अभिनय गरेको नयाँ चलचित्र ‘बिराङ्गना’को पहिलो गीत ‘तिमी पुलिस म नि पुलिस’ सार्वजनिक भएको छ ।

असार २९ गतेबाट रिलिज हुने यो चलचित्रमा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेल सशस्त्र प्रहरीको भूमिकामा देखिएका छन् । गीतमा दीपक शर्माको संगीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द छ भने भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी छ । नारी प्रधान चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।

चलचित्रमा हरि लामाको छायांकन, तारा थापाको सम्पादन छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्टको लगानी छ । फोर्थ आइ मुभिजको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा शिल्पा र अनुपको साथमा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशिल पोखरेल, अंशु थापा, अमृता सापकोटाको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment