Comments Add Comment

विपक्षी सांसदलाई सुवास नेम्वाङको आग्रह- कोशीबाट पानी जहाज चढेर हिन्द महासागर जाऊँ

फाइल तस्वीर

११ जेठ,  काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्दै जनतालाई देखाइएको सपना अब पूरा गर्ने चरणमा प्रवेश भएको बताएका छन् । नीति तथा कार्यक्रमार्फत प्रवेश गरेको सपनालाई बोक्ने बजेट अब सरकारले ल्याउनुपर्ने बताए ।

विपक्षी दलका सांसदले सरकारले सपनामात्र देखाएको आरोप लगाएपछि नेम्वाङले सपना देख्नु गलत नभएको बताए ।

उनले सरकारले देखाएका सपना ५ वर्षभित्रमा पूरा हुने दावी समेत गरे । नेम्वाङले भने-‘एकजना मित्रले वीरगन्जबाट काठमाडौं रेल चढेर आएको सपना देख्नुभएछ, पनि उहाँका कुराबाट उत्प्रेरित भएँ । जेठ ७ पश्चात म पनि काठमाडौंदेखि लुम्बिनी, काठमाडौंदेखि पोखरा मात्र होइन, अब ५ वर्षभित्रमा काठमाडौंदेखि दिल्ली पुग्ने, दिल्लीबाट युरोप पुग्ने । काठमाडौंदेखि बेइजिङ पुग्ने सपना देख्न थालेको छु ।’

अघि भने, ‘हामी पानी जहाजको सपना देख्न थालेका छौं । हत्तपत्त नाउ चढ्न नपाउने त्यो पहाडबाट आएको म, आजकाल यो जेठ ७ गतेपश्चात् कोशी हुँदै गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु ।

कांग्रेस सांसद मिनेन्द्र रिजालतिर लक्षित गर्दै नेम्वाङले उनकै निर्वाचन क्षेत्रबाट कोशी हुँदै गंगाबाट महासागरको पानी जहाज यात्रामा सँगै हिड्न आग्रह गरे ।

नेम्वाङले भने- ‘म संशोधन राख्ने मित्रलाई उहाँकै निर्वाचन क्षेत्र मोरङबाट हिन्द महासागरसम्म पानीजहाज चढेर जाउँ भन्ने आग्रह म अहिले नै गर्छु । संशोधन राख्ने मित्रहरुलाई म अहिले नै निम्ता गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment