Comments Add Comment

‘ए मेरो हजुर ३’ मा झरनाकी छोरीसित अनमोलको जोडी कति सम्भव ?

बिहिबार आयोजना भएको ‘दशौ डी सिने अवार्ड’मा अभिनेत्री तथा निर्देशक झरना थापा र नायक अनमोल केसीको निकटता देखियो । उत्कृष्ट नायकको विधामा अवार्ड जितेका अनमोल र उत्कृष्ट नव-निर्देशकको विधामा अवार्ड जितेकी झरना एक अर्कालाई अंकमाल गर्दै तस्बिर खिचाउन व्यस्त भएका थिए । झरनाले सामुहिक तस्बिर खिचाउने क्रममा स्टेज चढेर अनमोललाई बोलाएकी थिइन् ।

झरना र अनमोलको विगतको मनमुटाबबारे जानकारी राख्नेहरुलाई लागि यो दृष्यले आश्चर्यमा पारिदियो । यसबाट उनीहरुको सम्वन्धमा फेरि मिठास सुरु भएको प्रष्ट हुन्छ ।

चलचित्र ‘ए मेरो हजुर २’का लागि झरनाले अफर गर्दा नायक अनमोलले करिब एक बर्ष कुराएर अन्तिममा रिजेक्ट गरेका थिए । यसबाट झरना र उनका पति सुनिल कुमार थापा आक्रोशित बने । पछि फेरि झरनाले नयाँ चलचित्रका लागि अनमोललाई ५० लाख पारिश्रमिकमा अफर गरेको चर्चा चल्यो । झरनाले यसमा आपत्ती जनाउँदै फेसबुकमा स्टाटस नै लेखिन् । यसबाट पनि केसी र थापा परिवारको सम्बन्ध बिग्रियो ।

तर, अहिले एकाएक सम्वन्ध सुधारिएको मात्र होइन, झरनाको चलचित्रमा अनमोलले खेल्ने सम्भावना समेत बढेको सूत्रहरु बताउँछन् । झरनाले चलचित्र ‘ए मेरो हजुर ३’ निर्देशन गर्ने तयारी गरेकी छिन् । यो चलचित्रका लागि नायक र नायिकाको खोजी भैरहेको खबरहरु सार्वजनिक भैरहेका छन् ।

अनलाइनखबरलाई विशेष श्रोतबाट प्राप्त खबरअनुसार यो चलचित्रका लागि अनमोललाई अफर गरिएको छ । अनमोलले यसपटक भने ‘ए मेरो हजुर ३’मा काम गर्ने संकेत दिएका छन् । यसैले पनि अनमोल र झरना नजिकिएको बुझ्न सकिन्छ ।

यति मात्र होइन, विशेष श्रोतका अनुसार यो चलचित्रबाट नायिका झरना थापाले आफ्नी छोरी सुहानी थापालाई डेब्यू गराउने तयारी गरेकी छिन् । सुहानीलाई अनमोलको अपोजिटमा ‘ए मेरो हजुर ३’मा खेलाउने उनको तयारी छ ।

अनमोल र सुहानीलाई चलचित्र ‘ए मेरो हजुर २’मा सँगै काम गराउने घोषणा झरनाले हङकङमा गरेकी थिइन् । तर, त्यो सम्भव हुन सकेन ।

यसैले, अब ‘ए मेरो हजुर ३’मा अनमोल र सुहाना एकसाथ देखिए भने अनौठो नमान्दा हुन्छ । अनमोलले नखेल्ने भएपछि सो चलचित्रमा उनले छोरीलाई पनि खेलाइनन् । तर, अब फेरि अनमोलको जोडी भएर सुहानीले डेब्यू गर्ने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment