Comments Add Comment

१३ वर्षपछि साँफेबगर विमानस्थल पुनः सञ्चालन हुँदै, परीक्षण उडान सफल

११ जेठ, अछाम । उडान बन्द भएको १३ वर्षपछि साँफेबगर विमानस्थलमा हवाइ उडान परीक्षण गरिएको छ ।

हुम्लाको सिमिकोटबाट नेपालगञ्ज जान आएको समिट एयरको लेट विमानले उक्त हवाइ मैदान परीक्षण गरेको हो ।

०६२ बाट पूर्ण रुपमा बन्द भएको साँफेबगर हवाइ मैदानको कालेपत्रे गरिएपछि हवाइ उडान परीक्षण गरिएको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरले जानकारी दिए ।

०५८ फागुन ४ मा तत्कालीन नेकपा माओवादीले सदरमुकामसँगै साँफेबगरमा आक्रमणपछि विमानस्थलको टावर ध्वस्त हुँदा विमानस्थल बन्द थियो ।

सफल परीक्षणसँगै साँफेबगर विमानस्थलमा हवाइजहाज नियमित सञ्चालनको तयारी भइरहेको मेयर कुँवरको भनाइ छ ।

टर्मिनल टाउवरको सामान्य मर्मतपछि नियमित हवाइजहाज चलाउन सकिने मेयर कुँवरको भनाइ छ । ‘प्लेन नियमित चलाउनकाका लागि म काठमाडौं जाने तयारीमा छु । कहिलेबाट कसरी र कुन समयमा प्लेन चलाउने भन्ने बारेमा मन्त्रालयमा छलफल हुन्छ ।’ उनले भने ।

नेपाल एयरलाइन्सको हवाइजजहाज सजिलै नपाइने भएपछि निजी कम्पनीका भएपनि हवाइजहाजलाई नियमित गर्ने तयारी भइरहेको छ ।

अमर कन्ट्रक्सनले ११ करोड १७ लाखमा विमानस्थल कालोपत्रे गर्ने कामको जिम्मा पाएको थियो । यसभन्दा अघि साँफेबगर हवाइ मैदान खेलुकद सञ्चालन गर्ने मैदानमा परिणत भएको थियो ।

अछाम जिल्लामा सम्भवतः ०३१ सालबाट साँफेबगर एयरपोर्टमा हवाइजहाज चल्न थालेको थियो ।

सुदुरपश्चिममा कैलालीको गेटा विमानस्थलपछि साँफेबगर विमानस्थललाई सहज मानिन्छ ।

साँफेबगरबाट हवाइ जहाज चल्ने भएपछि अछाम, बाजुरा र डोटी जिल्लाका बासिन्दाहरु लाभान्वित हुनेछन् । ‘नियमित प्लेन चल्यो भने बिरामीलाई उपचारका निम्ती शहरिया अस्पतालमा तत्काल मात्र नभइ पर्यटन, उद्योग व्यवसायमा समेत सकारात्म प्रभाव पर्छ ।’ उद्योग बाणिज्य संघ अछामका महासचिव बमबहादुर रावलले भने ।

हवाइजहाज नियमित भएपछि यस क्षेत्रका खप्तड, रामारोशन, बडिमालिका लगायतमा पर्यटकको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ ।

२५ वर्षअघि निर्माण सुरु गरिएको अछामको कमलबजार विमानस्थलको निर्माण कार्य भने पूरा नभइ बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment