Comments Add Comment

नियमित विद्युत् आपूर्तिले मूल्यवृद्धि अनुमानित सीमाभन्दा तल

१० खर्ब ६४ अर्ब विदेशी मुद्रा सञ्चिति, ९ महिना आयात धान्ने


११ जेठ, काठमाडौं । नियमित विद्युत आपूर्तिका कारण देशभित्रको उत्पादन बढेसँगै मूल्यवृद्धि प्रक्षेपित सीमाभन्दा कममा रहेको देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा मुद्रास्फिति यसअिघ प्रक्षेपण गरेको भन्दा कम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७४/०७५ को मौदि्रक नीतिमा वाषिर्क उपभोक्ता मुद्रास्फिति ७.० कायम राख्ने लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको ९ महिनामा यस्तो मुद्रास्फिति ४.१ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकको मौदि्रक नीतिको तेस्रो त्रैमासिक समिक्षामा मुद्रास्फिति चालु आर्थिक वर्षको मौदि्रक नीतिमा प्रक्षेपण गरेकोभन्दा कम रहेको उल्लेख गरेको छ ।

‘नियमित विद्युत आपूर्तिका कारण आन्तरिक उत्पादन क्षमतामा आएको वृद्धि, आपूर्ति व्यवस्थामा भएको सुधारका कारण चालु आर्थिक वर्षमा मुद्रास्पिmति प्रक्षेपित सीमाभन्दा कम रहने देखिन्छ,’ मौद्रिक नीतिको समीक्षा रिपोर्टमा उल्लेख छ । साथै भारतीय मुद्रास्फिति न्यून रहेका कारण पनि मूल्यमा चाप नपरेको हो ।

राष्ट्र बैंककाअनुसार वाषिर्क विन्दुगत आधारमा २०७४ चैतमा यस्तो मुद्रास्फिति ५.३ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको नौ महिनामा समग्र मुद्रास्पिmति ४.१ प्रतिशत रहेको छ भने खाद्य मुद्रास्फिति २.६ प्रतिशत रहेको छ । साथै गैर खाद्य मुद्रास्फिति भने ५.४ प्रतिशत रहेको देखिन्छ ।

प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको लगानी न्युन

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई चालु आर्थिक वर्षमा कुल कर्जाको २५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न निर्देशन दिएको छ ।

राष्ट्रबैंकले कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युतमा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी अन्य प्राथमिकताप्राप्त क्षेत्रमा गरी आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तर, बाणिज्य बैंकरुले चालु आर्थिक वर्षको ९ महिनामा कुल कर्जाको २१.७ प्रतिशत मात्रै प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गरेका छन् ।

राष्ट्र बैककाअनुसार बैंकहरुले चैतसम्ममा ४ सय ३५ अर्ब १६ करोड कर्जा प्रवाह गरेका छन् । यो रकम कुल लगानीमा रहेको कर्जाको २१.७ प्रतिशत हो ।

बैंक घटे, बढे शाखा

नेपाल राष्ट्रबैंकले बैंकहरुलाई चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै कैयन बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जानु पर्यो ।

चुक्ता पुँजी वृद्धि गर्नका लागि बैंक तथा वित्तीय सस्था मर्जर तथा एक्वीजिसन्मा गएपछि बैंकहरुको सख्ंयामा भने कमी आयो । यसरी बैक तथा वित्तीय सस्था गाभिए पछि शाखा सख्ंयामा भने विस्तार भएको छ ।

२०७४ चैत मसान्तमा २८ वाणिज्य बैंक, ३६ विकास बैंक, २५ वित्त कम्पनी र ६३ लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । यस्ता बैक तथा वित्तीय सस्थाको शाखा भने ५ हजार ८ सय ४८ पुगेको छ ।

३ वटा वाणिज्य बैंकको अझै चुक्ता पुँजी पुगेन

आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले चुक्ता पुँजी बढाउनु पर्ने व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षकेा ९ महिनासम्ममा २५ वटा वाणिज्य बैंकहरुले तोकिएको चुक्ता पुँजी पुर्‍याइसकेका छन् । तर, ३ वटा बैंकले भने चैत मसान्तसम्म यस्तो चुक्ता पुँजी पुराउन नसकेको राष्ट्र बैंकले बताएको छ ।

चालु आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा कम्तिमा ८ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौदि्रक नीतिको लक्ष्य थियो ।

२०७४ चैत मसान्तसम्ममा राष्ट्र बैंकसँग १० खर्ब ६४ अर्ब ३७ करोड विदेशी विनिमय सञ्चिति रहेको छ । जसले ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment