Comments Add Comment

कर्णालीको दोस्रो अधिवेसन सुरु

फाइल तस्वीर

११ जेठ, सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो अबिधेसन शुक्रबारदेखि सुरु भएको छ ।

कर्णाली सरकारको प्रस्तावमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले शुक्रबारदेखि आव्हान गरेका थिए । दोस्रो अधिबेशनको पहिलो बैठक केही समयको छलफलपछि सकिएको छ ।

बैठकमा प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल रावलले सामाकिज संघसंस्था सम्बन्धी ब्यवस्थापन गर्न बनेको बिधेयक २०७५ संसदमा टेवलका लागि पेस गरेका छन् ।

त्यस्तै प्रदेश सरकारका आन्तरिक ममिला तथा कानून मन्त्री नेरेश भन्डारीले कर्णाली प्रदेश सरकारको सार्वजनिक लिखत सम्बन्धी बिधेयक २०७५ र नगर तथा गाउँसभाको कानून निमार्ण प्रक्रिया सम्बन्धी बिधेयक २०७५ को मस्यौदा संसदमा पेस गरेका छन् ।

यस्तै शुक्रबारको संसद बैठकले संसद सचिवालय ब्यवस्थापन गठन र क्षमता अभिबृद्धि सम्बन्धी प्रस्ताव एक मतले पास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment