Comments Add Comment

सलोन र साराको ‘सुश्री सम्पत्ती’ भदौ २२ मा

दया र बर्षाको 'भैरे' श्रावण ४ मा

चलचित्र निर्माता संघ, नेपालको आन्दोलनको कार्यक्रम स्थगित भएसँगै चलचित्र निर्माताहरुले धमाधम आफ्नो प्रोजेक्टको रिलिज मिति तय गर्न थालेका छन् । जेठ १८ गतेबाट रिलिज हुने भनिएको चलचित्र ‘भैरे’ अब नयाँ मितिमा रिलिज हुने भएको छ ।

साउन ४ गतेलाई चलचित्रको नयाँ प्रदर्शन मिति तय गरिएको हो । चलचित्रमा दयाहाङ राई, बर्षा सिवाकोटी, सुरक्षा पन्त, सुनिल थापा, विक्रान्त बस्नेत, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । एभरेष्ट सूर्य बोहराले यो चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्रको प्रचारका लागि समय नपुगेको भन्दै नयाँ मिति तय गरिएको हो । प्रेम प्रसाद पौडेल र देविमाया अधिकारीले यो चलचित्रलाई बनाएका हुन् । चलचित्रको २ वटा गीत सार्वजनिक भैसकेको छ, जसले दर्शकमा छाप छोड्न सफल भएका छन् ।

सलोन र साराको सुश्री सम्पत्ती भदौ २२ मा
यस्तै, छायांकन सकेर पोष्ट प्रोडक्शनमा रहेको चलचित्र ‘सुश्री सम्पत्ती’को प्रदर्शन मितिसँगै फस्टलुक पनि रिलिज गरिएको छ । सुव्रतराज आचार्यले निर्देशन गरेको यो चलचित्र भदौ २२ गतेबाट रिलिज हुने भएको छ । वितरकसँगको छलफलपछि यो चलचित्रको डेट तोकिएको निर्देशक आचार्यले बताए ।

चलचित्रको सार्वजनिक फस्टलुकमा मुख्य कलाकार सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपानेलाई देखाइएको छ । चलचित्रले एक यूवतीको कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा कमेडीसँगै सामाजिक कथावस्तुलाई पनि उठान गरिएको निर्देशकले बताए ।

चलचित्रमा प्रमोद अग्रहरि, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठको साथमा नायिका प्रियंका कार्की अतिथी भूमिकामा छिन् । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन, अर्जुन तिवारीको छायांकन छ । रमेश त्वयना यो चलचित्रको प्रस्तुतकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment