Comments Add Comment

फरार एसएसपी खत्रीसहित सुन तस्करीमा संलग्न ७ जनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी

११ जेठ, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीसहित ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार गायब भएको साढे ३३ केजी सुनका लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएका सुनिल अग्रवाल, मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भण्डारी, हरिशरण खड्का र छिरिङ बाङ्गेल गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो ।

एसएसपी खत्रीले तस्करीमा प्रहरीको व्यवस्थापनको जिम्मा लिएको स्रोत बताउँछ । मुख्य अभियुक्त गोरेले पनि बयानका क्रममा उनलार्इ पक्राउ गरे सबै रहस्य सार्वजनिक हुने बताएका थिए ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।

‘उनीहरु भागेर नेपाल बाहिर गएको सूचना हामीलाई प्राप्त भएको छ । कतिपय अभियुक्त भारतमा लुकेर बसेको सुराकी आएको छ’, घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिका स्रोतले भन्यो, ‘हामीले भारतको प्रहरी युनिटसँग समेत समन्वय गरिरहेका छौं ।’

सुन तस्करका भरिया उर्लाबारीका सनम शाक्यको हत्या भएपछि तस्करीको साढे ३३ केजी सुन गायब भएको रहस्य सार्वजनिक भएको थियो । र, त्यस विषयमा छानबिन गर्न सरकारले उच्च स्तरीय अनुसन्धान समिति गठन गरेको थियो ।

समितिको अनुसन्धानका क्रममा समितिको उनीहरुको समूहले चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको छ । त्यस आधारमा दुई जना बहालवाला एसएसपीसहित ९ प्रहरी अधिकारीसहित ६५ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ गत मंगलबार पक्राउ परेका थिए । जिल्ला अदालत, मोरङमा उनको बयान लिने क्रम जारी छ ।

यो पनि पढ्नुस्

सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

गोरेलाई थियो ‘इन्काउन्टर’ मा पर्ने डर ! अन्ततः यसरी समातिए

गोरेको बयान- एसएसपी खत्रीलाई पक्रनुस्, सबै खुल्छ

यी हुन् ३८ क्वीन्टल सुन तस्करीका नाइके गोरे

होटललाई ‘अफिस’ बनाउँथे गोरे ! ६ लाख खर्चेर ल्याएको एकाउन्टेन्ट खोज्दै समिति

गोरे समूहले सुन हराएपछि यसरी दिएको थियो यातना (भिडियो)

सुन तस्करीको कमाई जग्गामा ! गोरेको लगानी खोज्दै अनुसन्धान समिति

त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)

कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

सुन तस्करको अर्को समूह खोज्दै छानविन समिति

अदालतसामू टेकराजको बयानः दुबईबाट सुन ल्याएको हुँ, सबै सेटिङ गोरेले मिलाउँथे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment